RUMPUM
animated ellipse animated ellipse

३० पिन्ट रगत संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७३, शनिबार १९:४३
3
Shares
विराटनगर, २८ फागुन /विराटनगर–१५ पिचरास्थित एकता समाजले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
विराटनगरमा देखिएको रगतको अभावलाई केही मात्रामा भए पनि पूर्ति गर्न र संस्थाको सामाजिक उत्तरदायित्व पूरा गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष सञ्जय नेपालले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन समाजका सल्लाहकार भगवान थापाले गरेका थिए ।
कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो । जिल्ला रेडक्रस समितिको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीय व्यापारीसहित समाजसेवी र स्थानीयबासीले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर