गायक खड्काको होलीे गीति एल्वम बिमोचन( भिडियो सहित)
खबर पूर्वाञ्चल
२८ फाल्गुन २०७३, शनिबार १८:३६
45
Shares
विराटनगर, २८ फागुन / गायक सुमित खड्का स्वर र संगीत रहेको होलीको गीति एल्वम बिमोचन भएको छ ।
विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी मोरङको प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले खड्काको ‘होली सरर’ गीत एल्वम बिमोचन गरेका हुन् । एल्वमको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले सदभावको रुपमा पर्व मनाउनु पर्नेमा जोड दिए ।
आउँदै गरेको होलीलाई एकताको रुपमा होली मनाउने तयारी अनुरुप गायक खड्काले एल्वमको दुई वटा गीतको म्यूजिक भिडियोको छायाँकन पुरा भएको जानकारी दिए ।
एल्वमको गीतकारहरु नवराज सुब्वा, दिपनारायण राजवंशी, सुनिता घिमिरे, पूजा मारिया रहेका छन् । सबैभन्दा बढी नेपाली होलीको गीत गाउने गायकको रुपमा परिचित खड्काले प्रत्येक वर्षको होलीमा नयाँ गीतहरु बजार ल्याउँदै आएका छन् ।
यस एल्वमको प्रस्तुतकर्ता पुष्प थापा रहरेका छन् । म्यूजिक भिडियो निर्देशन मणि दाहाल, प्रतिक श्रेष्ठ, बिनोद पुडासैनीले गरेका छन् ।