AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जुनारका विरुवा नर्सरीमै फूले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०७३, शुक्रबार १७:२२
3
Shares
धनकुटा, २७ फागुन किसानसम्म भरपर्दो सूचना प्रवाह नगरिँदा धनकुटाको पारिपात्लेस्थित राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमले उत्पादन गरेका विभिन्न जातका जुनारका विरुवा नर्सरीमै फूलेका छन् ।
कार्यक्रमको नर्सरी प्लटमा भ्यालेन्सीयालेट, वासिङटनेभल, लेननेटनेभल र माल्टाब्लाकरेडलगायत जातका अगौटे र पछौटे उत्पादन दिने जुनारका बिरुवा उत्पादन गरिएको छ ।
पाँच वर्षदेखिका विरुवा नर्सरीमै बुढिदासमेत रोगका कारण बगैचा नै सखाप भएका किसानहरुले ती विरुवा पाउन सकेका छैनन् । सहुलियतमा स्वस्थ विरुवा पाइने सूचना नपाउँदा किसानहरुले भने निजि नर्सरीबाट महंगोमा विरुवा किनेर बगैंचा लगाइरहेका छन् ।
अनुसन्धान, प्रविधि विकास र प्रसारका निकायबीच प्रभावकारी समन्वय नहुँदा लक्षित किसानले लाभ लिन नसकेको केन्द्रका अधिकारीहरुले स्वीकार गरेका छन् ।
पारिपात्ले केन्द्रलाई नेपालमा खेती हुने अमिलाजात फलफूलमाथि अनुसन्धान र प्रविधि विकास गर्ने जिम्मा छ । केन्द्रले हरेक बर्ष जुनार, सुन्तला, कागती, भोगटेलगायत जातका करिब एकलाख विरुवा उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर