विराटनगर,२५ फागुन/ कांग्रेस निकट नेपाल शिक्षक संघ मोरङको आठौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका चयनकालगि दुई धार देखिएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्वकालागि बर्तमान अध्यक्ष ऋषि कोइराला र अर्का शिक्षक नेता दिपक यादवले प्यानल नै बनाएर उमेद्धवारी दिने तयारी गरेका छन् ।
यादवको प्यानलमा राजेन्द्र घिमिरे उपाध्यक्ष, सुरेन्द्र काफ्ले र अर्जुन राजवंशी सचिवको उमेद्धवार छन् भने कोइरालको प्यानलमा उपाध्यक्षमा शिवराज कोइराला, सचिवमा सुकदेव मण्डल र विनोद यादव रहेका छन् । शिक्षक संघको ८ औ जिल्ला अधिवेशन चैत १३ गते हुदै छ ।