उर्लाबारी, २४ फागुन / १७ वर्षिया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिमाथि प्रहरीले मुद्दा दायर गरेको छ ।
तेह्रथुम घर भई आल उर्लाबारी–४ बस्दै आएका ३२ वर्षिय खगेन्द्रबहादुर दर्जीले नाता पर्ने ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
ती बालिका सुतिरहेको अवस्थामा दर्जीले करणी गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।
यसैबीच,मधुमल्लाकी एक महिलालाई करणी गरी फरार रहेका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । गत माघ ११ गते ती महिलालालई करणी गरी फरार भएका मधुमल्ला–५ का डल्ले भनिने ५० वार्षिय तुलबहादुर सूर्जे मगरलाई प्रहरीले गत फागुन २२ गते पक्राउ गरेको थियो । आरोपितलाई प्रहरीले जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ ।