AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारी नगरपालिकाको फोहोर बोक्ने टिफर तोडफोड,आजदेखि नगर क्षेत्रको फोहोर नउठाउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७३, मंगलवार २२:०८
3
Shares
गोविन्द पोखरेल
उर्लाबारी, २४ फागुन/उर्लाबारी नगरपालिकाको फोहोर बोक्ने टिफर तोडफोड भएको छ । उर्लाबारी–३ स्थित मावा खोला बगरमा फोहोर विर्सजन गर्न गएको नगरपालिकाको को १ ग ९५ नम्बरको टिफरलाई स्थानीयवासीले मंगलबार विहान तोडफोड गरेका हुन् ।
टिफरको पछाडि भागको सिसा फुटेको छ भने टिफर चालक सामान्य घाइते भएका छन् । स्थानीयवासी र सरोकारवाला पक्षबीच सोमबार भएको छलफलमा मावा खोला परिसरमा फोहोर विसर्जन नगर्ने सहमति बनेको थियो । सहमित विपरित नगरपालिकाले खोलामा फोहोर विर्सजनका लागि टिफर पठाएको आक्रेशमा स्थानीवासीले टिफर तोडफोड गरेको थिए ।
गाँउ नजिकै फोहोर फालिदा दुर्गन्ध फैलिनुका साथै विभिन्न प्रकारका हानिकारक किराहरु घरआँगनमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।
एक प्रत्यक्षदर्शीले आफ्नो नाम नबताउने सर्तमा भने–‘जेसिबीले बगरमा थुपारिएको फोहोर पुरिरहेको अवस्थामा नगरपालिकाको टिफर फोहोर लिएर आयो,त्यही समय १०/१५जनाको समूहमा आएका स्थानीयले टिफरमा ढुंगा प्रहरी गरी चाबी खोसेर गए । ’
नगरपालिकाको गाडीमा प्रहार भएपछि उर्लाबारी नगरपालिकाले मंगलबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजूरी दिएको छ । नगरपालिकाले प्रहरीसमक्ष घट्नाको छानबीन गरी दोषीलाई कारवाही गर्न उजूरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।
यसैबीच घटनाको छानबीन गर्न भनी घटना स्थल पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीले टिफरको चाबी फेला पारी नगरपालिकालाई बुझाएको छ ।
केही साता अघि पनि जनक खड्का नेतृत्वको टोलीले पनि उर्लाबारी नगरपालिकालाई गाँउ नजिकै फोहोर नफ्याक्न भनी आग्रह गरेको थियो । त्यसबेला नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगरले व्यवस्थीत फोहोर विसर्जन स्थलको खोजी गर्ने प्रतिबद्धता जनाउदै तत्कालनका लागि फोहोर सोही ठाँउमा विसर्जन हुने बताएका थिए ।
यसैबीच नगरक्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको मेचीमहाकाली इन्भारोन्मेन्ट केयर प्रालिले बुधबारबाट फोहोर नउठाउने भएको छ । व्यवस्थित डम्पिङ साइट तथा सुरक्षाको व्यवस्था नभएसम्म नगर क्षेत्रको फोहोर नउठाउने कम्पनीका उर्लाबारी प्रबन्धक नेत्र घिमिरेले बताएका छन् ।
स्थानीयवासीले मंगलबार विहान टिफर तोडफोड गर्दा घिमिरे फोहोर विर्सजन स्थलमै थिए । स्रोतका अनुसार घिमिरेलाई त्यस क्षेत्रमा फोहोर विर्सजन गर्ने सवारी साधान नल्याउन भनी स्थानीयले चेतावनी दिएको बताएको छ ।
नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा उर्लाबारी नगरपालिकाले २०७२ साल असार १ गते निजी क्षेत्रसँग साम्झौता गरेको थियो । सम्झौतमा नगरपालिकाले फोहोर विर्सजन स्थलमा नगर क्षेत्रबाट संकलित फोहोर निजी क्षेत्रले ‘डम्प’गर्ने भनी उल्लेख गरिएको छ । मेचीमहाकालीका प्रबन्धक घिमिरेले उर्लाबारी नगरपालिकासमक्ष आपूmले पटक–पटक डम्पिङ साइटका लागि जग्गा खोजी गर्न आग्रह गरेपनि सरोकारवालाले कुनै चासो नदेखाएको बताए ।
उर्लाबारी नगरपालिकामा दैनिक ६ ट्रायाक्टर फोहोर निस्कने गरेको छ । यस विषयमा उर्लाबारी नगरपालिका कार्यकारी अधिकृत सुरेन्द्र थापामगरसँग जानकारी लिन खोज्दा उनको फोन स्वीच अफ गरिएको थियो भने नगरपालिका सूचना अधिकृत बालकुमार बरालले फोन उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर