RUMPUM
animated ellipse animated ellipse

पारसको कप्तानीमा नेपाली टोलीको घोषणा, मेहबुबको पुनरागमन, सुनिल र दिपेन्द्र नयाँ अनुहार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०७३, आईतवार १७:०८
3
Shares
काठमाडौं, २२ फागुन / विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको फागुन २८ र ३० गते हुने खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा आज गरिएकोे छ ।
खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् ।
त्यसैगरी नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन् ।
राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ भने बैकल्पिकमा परेका छन् ।
मेहबुबको पुनरागमन
यस्तै अलराउण्डर मेहबुब आलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । भारत भ्रमणमा उनको प्रदर्शन औसत थियो । दुई खेलमा मौका पाएका मेहबुबले विकेट लिज सकेनन् । तर, रन पनि धेरै खर्चिएका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर