एमालेको अभियानलाई कुनै शक्तिले रोक्न सक्दैन् – अध्यक्ष ओली
खबर पूर्वाञ्चल
२२ फाल्गुन २०७३, आईतवार १६:३७
3
Shares
फाइल तस्वीर
विराटचोक, २२ फागुन / प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुले मेची–महाकाली अभियानलाई कुनै शक्तिले रोक्न नसक्र्ने ै एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आज आइतबार मोरङको कोसीहरैंचा स्थित बिराट चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले, एमालेको अभियानलाई कसैले रोक्न नसक्ने बताएका हुन् । एमालेकै कारण संविधान आएको भन्दै उनले भने, ‘सरकारबाट हटाए पनि जनताको मानबाट कसैले हटाउन सकेको छैन ।’
अध्यक्ष ओलीले एमाले प्रतिको जनलहर देखेर अरु दल आत्तिएको दावी समेत गरे । एमालेको जनअभियान देखेर अरु दलका नेताहरुको सातोपुत्लो उडेको उनको भनाइ छ ।
एमाले सुरु गरेको मेची–महाकाली अभियानको दोस्रो दिन आज मोरङको विराटचौकमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले एमाले आफ्नो भन्दा पनि मुलुकको स्वार्थका लागि तिलान्जली दिने पार्टी भएकाले विपक्षीलाई त्यो मन नपरिरहेको बताए । पार्टीले सुरु गरेको अभियान चुनावका लागि नभएको उनो दावी छ ।
‘एमालेले चुनाव लक्षित अभियान सुरु ग¥यो भनेर भन्नेहरुको पनि कम छैन,’ ओलीले भने, ‘यो अभियान चुनावका लागि नभइकन राष्ट्रिय जागरण र एकताका लागि हो ।’ उनले एमाले विरुद्धमा तराई मधेसमा छरिएका विभिन्न प्रकारका भ्रम चिर्नका लागि अभियानमार्फत एमाले सफल हुने दावी समेत गरे ।
अध्यक्ष ओलीले अनेक थरी तत्व जनतालाई अल्मल्याउन र भड्काउन लागि रहेको बताउँदै भने, ‘यो अभियानमा त्यस्ता गलत तत्वको भण्डाफोर गरिने छ ।’ एमालेले चलाएको अभियानबाट आत्तिएकाहरुले एमालेलाई तराईमा पस्न र बोल्न नदिने उद्धघोष गरेको प्रति उनको आपत्ती छ । ‘जनता माझ एमाले पुगेर वास्तविक कुरा राखेर छर्लङ्ग पारेपछि आफूहरु समाप्त हुने डरले एमालेमाथि निषेधको राजनीति गर्न खोजिरहेका छन्,’ उनले भने, ‘तर पार्टीको यो अभियानलाई कसैले रोक्न र छेक्न सक्दैन ।’
कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले कसैले आगो लगाएर संविधान जलाउन खोज्नु भनेको जनताको भावनामा आगो लगाउनु जस्तो भएको बाताए । उनले सद्धभावलाई भाँडेर दुरभाव फैल्याउनेलाई जनताले चिनिसकेका कारण त्यसको हिसाव किताव केही समयमै हुने बताए ।
्
एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनलहर देखेपछि एमालेलाई बाजा बजाएर विदा गर्छौ भन्नेहरुको मनमा ढ्याङ्ग्रो ठोक्न थालेको बताएका छन् । कार्यक्रममा तीन सय बढी अन्य दलका नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले मोरङ अध्यक्ष विनोद ढकालले जानकारी दिए ।