नेपाली कथानक चलचित्र ‘मेरी कुसुम’ जेठ २५ गते अल नेपाल रिलिज हुने भएको छ ।
चलचित्र मुख्य कलाकार मोहन बोगटीका अनुसार यो चलचित्र युएइसँगै कतार ओमान र बहाराइन लगायत अन्य देशरुमा प्रदर्शनमा आउन लागेको हो । सम्पूर्ण तयारीका लागि एग्रिमेन्ट समेत भइसकेको निर्माण पक्षले जनाएको छ ।
मोहनलाई नायिका हर्षिका श्रेष्ठले साथ दिएकी छिने । त्यसैगरी चलचित्रमा सुदिप्ता अधिकारीको भूमिका रहेको छ । यसैगरी खलनायकको भूमिकामा भने राजकुमार थापा रहेका छन । यसै चलचित्रबाट मोहन बोगटीले ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् । चलचित्रलाई सुनिता शर्माले निर्माण गरेकी हुन भने सह–निर्माता रविन्द्र कुँवर रहेका छन ।
एन आर घिमिरेको निर्देशन तथा लेखन रहेको चलचित्र मेरी कुसुममा कबिराज गहतराज र बाबु थापाल नृत्य निर्देशने गरेका छन् । छायाँकन दिब्य सुबेदी छन् भने संगीत टंक बुढाथोकीले भरेका छन् । चलचित्र नेपाल बाहिर प्रदर्शन भएर नेपालमा जेठ २५ गते रिलिज हुने चलचित्र यूनिटले बताएको छ ।