पुष्पराज थपलिया
विराटनगर, २१ फागुन / विराटनगरको मोर्डन एरा सेकेन्डरी स्कूलले विराटनगरमा जारी अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कपको उपाधिे हात पारेको छ ।
उसले आज शनिबार भएको फाइनल खेलमा जेम्स इन्टरनेशनल सेकेन्डरी स्कूललाई पेनाल्टी सुटआउटमा ३–२ को गोल अन्तरले पराजित गरी उपाधिमाथि कब्जा गरेको हो ।
विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा भएको खेलको निर्धारित ४० मिनेटमा दुवै टिमले गोलरहित बराबरी र थप गरिएको १० मिनेटमा पनि गोल गर्न नसकेपछि खेल पेनाल्टीसुट आउटमा धकेलेको थियो ।
पेनाल्टीसुट आउटमा मोडैन एराका अजय भुजेल, सुदिप माझी र समिर क्षेत्रिले गोल गर्न सफल भए भने प्रदिप अधिकारी र प्रदिप श्रेष्ठ गर्न सकेनन् यता जेम्सका आशिष दाहाल र विशाल बस्नेतले गोल गरे भने निरज बस्नेत , जितकुमार माझी र विजय बजगाईंले गोल गर्न सकेनन् ।
फाइनल खेलको म्यमन अफ द फाइनल मोर्डन एराका गोलकिपर दिपेन चौधरी घोषित भए ।
त्यस्तै उत्कृष्ट स्टाइगर मोर्डन एराका अजय भुजेल, उत्कृष्ट गोलकिपर जेम्सका सन्जोग भट्टराई, उत्कृष्ट डिफेन्स जेम्सका निरज बस्नेत, उत्कृष्ट मिडफिल्डर डनबूकोका दिपनारायण चौधरी र उच्च गोल कर्ता मोर्डन एराका सुदिप कार्की घोषित भएका छन् ।
फागुन १३ गतेदेखि सूरु भएको प्रतियोगितामा विराटनगरका १६ टिमको सहभागि रहेको थियो ।
विजयी तथा अन्य खेलाडिहरुलाई प्रमुख अतिथि समाजसेवी तुलसी पोखरेल र नेपाल विद्यार्थी फुटबल संघका केन्द्रीय उपाध्यक्ष भिम पराजुलीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।