AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन मोरङ क्षेत्र न. ८ स्तरिय अन्तर स्कूल फुटबल प्रतियोगिता शूरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७३, बिहीबार २०:०६
3
Shares
उर्लाबारी, १९ फागुन प्याब्सन मोरङ क्षेत्र न. ८ को आयोजनामा उर्लाबारीमा प्याब्सन मोरङ क्षेत्र न. ८ स्तरिय अन्तर स्कूल फुटबल प्रतियोगिता आजदेखि शूरु भएको छ ।
आजै भएको उदघाटन खेलमा सप्तकोशी र पशुपति स्कूल विजयी भएका छन् । पहिलो खेलमा उर्लाबारीको सप्तकोशी बोर्डिङ स्कूलले अन्नपूर्ण बेर्डिङ स्कूललाई २– ० को गोल अन्तरले पराजित गरेको छ । सप्तकोशीका म्यान अफ द म्याच राज श्रेष्ठ र मनिस कार्कीले १–१ गोल गरेका थिए ।
दोस्रो खेलमा पशुपति बोर्डिङ स्कूलले हिमचुली बोर्डिङ स्कूलले ४–० फराकिलो गाल अन्तरले पराजित गरेको छ । पशुपतिका म्यान अफ द म्याच रवि पुलामी, निरज राना मगर, शुसन इङ्ग्नाम र ऋषी रोक्काले १–१ गोल गरेका थिए ।
फागुन २५ गतेसम्म हुने प्रतियोगितामा प्याब्सन मोरङ क्षेत्र न. ८ का १६ स्कूलको सहभागि रहेको प्याब्सन मोरङ क्षेत्र न. ८ का सम्योजक भुवन श्रेष्ठले बताए ।
यसअघि प्याब्सन मोरङका अध्यक्ष वासुदेव न्यौपानेले मुख्य रेफ्री मनोज तामाङ फुटबल दिएर प्रतियोगिताको उदघाटन गरेक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर