AArya
RUMPUM
animated ellipse animated ellipse

बक्राहा नदीको दिगो ब्यवस्थापन गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७३, बिहीबार १७:१२
3
Shares
तस्वीर – गत असारमा आएको बाढीबाट क्षति भएको स्थल मधुमल्ला–४ धप्डटोल
विराटनगर, १९ फागुन /मोरङको मधुमल्लाका बाढी–पडितहरुले बक्राहा नदीको दिगो ब्यवस्थापन गर्न माग गर्दै विराटनगरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयमा धर्ना दिएका छन् ।
बक्राहा बाढी नियन्त्रण दबाब समितिको अगुवाईमा पीडितहरुले आज दिउँसो विराटनगरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयमा धर्ना दिएका हुन् ।
२०७२ साल असार १५ गते, २०७३ साल असार ६ गते र त्यसपछि आएको बाढीका कारण मधुमल्लाको वडा नम्बर ४ र ५ का ६० घर विस्थापित भएपनि हालससम्म पुर्नस्थापना गर्न नसकिएको र नदी नियन्त्रणका लागि दिगो ब्यवस्थापन नगरिएका कारण आउँदो बर्षमा थप जोखिम बढ्न सक्ने भन्दै पिडितहरुले धर्ना दिएका हुन् ।
दबाब समितिका संयोजक मानबहादुर श्रेष्ठले सरकारले तत्काल पीडितको बसोबास र बक्राहा नदीको दिगो ब्यवस्थापन नगरे जनता जंगल फाँडेर बस्न बाध्य हुने चेतावनी दिए ।
बस चढेर धर्ना दिन आएका पीडितसहित मधुमल्लाका सर्वसाधारणले कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए ।
सर्वसाधारणलाई सम्बोधन गर्दै कार्यालयका निमित्त प्रमुख रामचन्द्रप्रसाद गूप्ताले बक्राहा नियन्त्रणका लागि सरकारले २५ करोड स्वीकृत गरिसकेको र आगामी साताबाट उक्त क्षेत्रमा नियन्त्रणको काम शुरु गरिने जानकारी दिए ।
धर्नाका सहभागीले बक्राहा नदीकोसतह ३ मिटरसम्म अग्लिएकाले ढुंगा र बालुवा निकाल्नुपर्ने, रमिते खोला गाविसतर्फबाट खस्ने पहिरो नियन्त्रण गर्नुपर्ने, तटबन्धको दायँ–बायाँ बृक्षारोपण गर्नुपर्ने लगायतका माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर