खबर पूर्वाञ्चल

अगरबत्तीको मूल्य १० रुपैयाँ देखि पाँच सय सम्म रहेको उद्योगका प्रबन्धक सलिम अन्सारीले बताए । अन्सारीका अनुसार मेलामा अवलोकन गर्न आउनेहरुकालागि प्रार्थना अगरबत्तीको स्टल आर्कषको केन्द्रका रुपमा छ । मेलामा आउने अधिकांस अवलोकनकर्ताले अगरबत्ती किन्ने गरेको अन्सारीले बताए ।
विभिन्न सुगन्धमा पाइने प्रार्थना अगरवत्ती ग्राहकको रोजाई अनुसार होम डेलिभरी सर्भिसको ब्यवस्था गरिएको अन्सारीले जानकारी दिए । भारतीय बजारको तुलनामा प्रार्थना अगरवत्ती निकै सस्तो, राम्रो र सुगन्धित रहेको अन्सारीको भनाई छ ।