AArya
RUMPUM
animated ellipse animated ellipse

विधिको अबलम्बन गरी सिकाईने पद्धती हो मन्टेश्वरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७३, शनिबार २०:०९
117
Shares
इशा कटुवाल (बस्नेत ) प्रिन्सिपल
अभिभावकको रोजाईको केन्द्र विन्दु बन्दै गएको छ अहिले मन्टेश्वरी । नयाँ विधि र प्रविधिको बिकास सँगै शिक्षण सिकाईमा पनि आमूल परिबर्तन आएको छ । शिक्षण सिकाईमा तल्लो तह देखि नै नयाँ शैली अपनाईएको पाईन्छ ।
यसैक्रममा पछिल्लो समयमा बालबालीकाको शिक्षामा मन्टेश्वरी बिधिलाई प्रयोगमा ल्याइएको छ । साधारणतय ४ देखि ५ बर्ष उमेर भएपछि बालबालीकालाई स्कूलमा भर्ना गरेको पाईन्छ । तर मन्टेश्वरी बिधि आए सँगै २ बर्ष देखिनै बालवालीकालाई स्कूलमा भर्ना गर्न थालिएको छ ।
मन्टेश्वरी बिधिबाट पढाउन थालिएको छ । मन्टेश्वरी बिधिलाई अबलम्बन गर्दै आएको विराटनगर – ११ हाटखोलमा रहेको इष्टउड इन्टरनेशनल एकाडेमी पनि एक हो । अनुभवी शिक्षकाहरुबाट पठनपाठन हुँदै आएको एकाडेमीको प्रिन्सिपल इशा कटुवाल (बस्नेत) बताइन् । मन्टेश्वरीको एडभान्स तथा ४५ दिनको ट्रेनिङ्ग लिएर यस क्षेत्रमा आएकी हुन् । २०५७ सालदेखि मन्टेश्वरी पद्धतिबाट विद्यार्थीलाई अध्ययन गराउँदै आउनुभएको कटुवालले काठमाण्डौको विभिन्न मन्टेशरीमा अध्यापन गराउनुभएको थियो ।
अध्ययन गराउने क्रममा वैवाहिक जीवनमा बाधिएर विराटनगरमा आउनुभएको कटुवालले २०६३ सालमा विराटनगरमा इष्टउड मन्टेश्वरी खोल्नुभएको हो । विराटनगरको अन्नपूर्ण कलेजबाट एम.एड. गर्दै आउनुभएको कटुवाल मन्टेश्रीको एक सफल प्रशिक्षक समेत रहनुभएको छ । हालसम्म विराटनगरको दुई दर्जन स्कुल र मोरङको विभिन्न स्कूलको शिक्षक÷शिक्षकाहरुलाई मन्टेश्वरीको ट्रेनिङ्ग समेत दिदै आउनुभएको कटुवालसँग मन्टेश्वरी विधिका बिभिन्न आयामका बारेमा गरिएको कुराकानीको सांरश ।
मन्टेश्वरी शिक्षा कस्तो पद्धती हो ?
मन्टेश्वरी शिक्षा बैज्ञानीक तरिकाबाट पठनपाठन हुने गर्दछ । जहाँ मन्टेश्वरी विधिप्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप गरिन्छ, पुर्ण रुपमा बालबालिकाद्धारा नै क्रियाकलाप गरि शिक्षण सिकाई गरिन्छ । जहाँप्रशस्त शैक्षिक सामग्रीको प्रयोग हुन्छ । विभिन्न शैक्षिक एरिया – बालुवा, पानी, खेलाउना, जस्ता क्षेत्रहरुको विकास गरि विद्यार्थीहरुलाई सो को माध्यमद्धारा सिकाइन्छ । साथै प्रस्तसत शैक्षिक सामाग्रीकको प्रयोग गरिन्छ ।
मन्टेश्वरी शिक्षण सिकाइ कहाँबाट आएको हो ?
ड.मारिया टेस्ट एडमिस्टा मन्टेश्वरी इटलीमा मेडिसिन अध्ययनगर्ने पहिलो महिला हुन् । उनले रोम विश्वविद्यालयबाट सन् १८९६ मामेडिसिन संकायमा स्नातक गरेकी हुन् । चिकित्सक भएकी कारण उनी लामो समय सम्म बालबालिकाको सम्पर्कमा रहिन् । उनी बालबालिकाको विकासमा अभि प्रेरित भइन् । आफ्नो अध्ययनको क्रममा उनले बालबालिकाले आफ्नो वातावरणसँग अन्तरक्रिया गरी आफ्नो व्यक्तित्व निर्माण गर्न सक्छन् भन्ने कुरा पत्ता लगाइन् ।
बालबालिकाहरुलाई शिक्षकले पछाडि बसेर गाइड मात्र गर्ने हो । प्रत्येक शिक्षण सिकाई बालबालिका केन्द्रित हुनुपर्दछ । अनि मात्र सिकाइ प्रभावकारी हुन्छ । उनले विभिन्न जात र संस्कृतिका बारेमा विभिन्न अध्ययन गरीन् । उनको अध्ययन द्धारा पत्ता लागेको हुनाले यस विद्यिलई मन्टेश्वरी विद्यी भनेको हो ।
कसरी पढाईन्छ मन्टेश्वरीमा ?
मन्टेश्वरी विधिप्रयोग गरी शिक्षण सिकाई गरीने विद्यालयहरु नै मन्टेश्वरी विद्यालय हुन् । यसमा विद्यार्थीलाई कुनै डर, त्रास विना स्वतन्त्ररुपमा सिक्ने अवसर मिलाईन्छ । सम्पूर्ण सामग्रीहरुको पर्याप्तरुपमा प्रयोग गरी बालबालिकाहरुलाई आँर्फ पढ्ने र सिक्ने वातावरण तय गरिन्छ ।
मन्टेश्वरी स्कूलको विशेषता के हो ?
मन्टेश्वरी स्कूलको विशेषता बेग्लै किसिमको छ । हाम्रो बालबालिकाहरुलाई हामीसानै देखि समय सापेक्षित वातावरण दिइराखेका छौँ । जसले गर्दा ठुलो हुँदा हडबडाउन नपरोस् । जुनसुकै ठाउँमा पनि खुशी साथ रहन सक्ने वातावरण तय गरेका छौँ । जस्तै संगित कक्षा, नृत्य कक्षा, योगा कक्षा, घोड चढि यस्ता विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई पनि हामीले जोड दिएका छौँ । अर्को मुख्य कुरा त बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी हामी स्वस्थ्यकर खाना, शुद्ध पीउने पानी, स्वच्छ वातावरण पर्याप्त रुपमा उपलब्ध गराईरहेका छौँ । यो नै सबै भन्दा खुशीको कुरा हो ।
मन्टेश्वरी विधि अध्ययन गर्दा बढी खर्चिलो छ । मन्टेश्वरी पार गरेर गएपछि त्यस्तै वातावरण पाउन सक्छ विद्यार्थीले ?
हामीले पछि सम्म पनि मन्टेश्वरी विधि प्रयोग गर्न सक्छौँ । खासगरी बालापनमा नै हामी सचेत भएर आफ्नो बच्चालाई गुणस्तरीय वातावरणका साथमा गुणस्तरीय शिक्षा दिन सक्यौँ भने बालक पछि गएर अवश्य राम्रो बन्ने छ । भनिन्छनि घर राम्रो बन्नलाई जगको महत्वपुर्ण भूमिका रहन्छ । त्यसै गरी मानिस राम्रो र सक्षम बन्नका लागि बालापन राम्रो हुनु जरुरी छ ।
अहिले मन्टेश्वरी स्कूलहरु खुल्ने क्रम बढेको छ । यसलाई व्यापारको रुपमा हेरिएको हो ?
शिक्षालाई व्यापार भन्न मिल्दैन । नेपाल सबैभन्दा पछि परेको कारण नै गुणस्तरीय शिक्षाको कमीले हो । यहाँको शिक्षा समय सापेक्षित नभएर समय कटाउने किसिमको भएकै कारणले गर्दा हामी नेपाली पछि पर्न गएका हौँ । वास्तम्वमा नेपालमा मन्टेश्वरीको महत्व भर्खरै भर्खरै विकास हुदै गएको कारण मन्टेश्वरी स्कुलहरुको माग बढ्दो क्रममा रहेको छ । माग बढेपछि मन्टेश्वरी खुल्ने क्रममा पनि बढदै गएको हो ।
मन्टेश्वरीमा पढेका बालबालिका कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
विद्यार्थीहरुमा प्रश्न र छलफल गर्न सक्ने, आन्तरिक क्षमता तथा जिज्ञासु हुनुपर्दछ । उनीहरु आँफू बसेको समाज, देश र विश्वको बारेमा जानकारी हुनुपर्दछ । उनीहरुमा आत्म सम्मान लिने एवं अरुको सम्मान गर्ने हुनुपर्दछ ।
अन्य मन्टेश्वरीको तुलनामा यस मन्टेश्वरीमा के फरक छ ?
मन्टेश्वरी भन्ने वितिकै महङगो हुन्छ हुन्ने अभिभावकमा एक खाले छाप रहेको छ । तर, हाम्रो स्कुलमा एउटा बोर्डिङ स्कूलको जतिकै शुल्क राखेका छौं । कम शूल्कमा विद्यार्थीलाई अध्यन गराउँदैछौं । हामिले अहिलेको नयाँ मटेश्वरी विद्यीलाई अबिलम्बन गरि अध्ययन गराउँदै आएका छौं । साथै भयरहित बावतरणमा विद्यार्थीलाई मनोरञ्जन तरिकाले दक्ष शिक्षकीहरुबाट अध्ययन गराउँदै आएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर