AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पटना अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७३, शुक्रबार १७:०३
3
Shares
जोगबनी, १३ फागुन / भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टमा भारतको पटना विजयी भई अन्तिम चारमा प्रवेश गरेको छ ।
पटनाले आज भएको खेलमा नेपालको राजविराजलाई ३४ रनले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको पटनाले निर्धारीत २० ओभरमा सवै विकेट गुमाई १ सय १८ रन खडा गरेको थियो । पटनाका विजय भगतले ३३ रन र मुकेशकुमारले १५ रनको योगदान दिएका थिए । राजविराजका विवेक यादव, अनिल यादव, चित्र विष्ट र मुकुन्द यादवले २–२ विकेट लिए ।
जवाफमा १ सय १९ रनको विजय लक्ष्य पछ्याएको राजविराजले १७ ओभरमा सवै विकेट गुमाई ८४ रनमात्र जोड्न सकियो । राजविराजका रेतेश माझीले २३ रन र जुगल चौधरीले १५ रनको योगदान दिए । पटनाका म्यान अफ द म्याच अविशेक कुमारले ४ विकेट र अनिमेश कुमारले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर