animated ellipse animated ellipse

विराटनगरमा इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीको सो–रुममा आगलागी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०८१, बुधबार १५:५२
909
Shares
विराटनगर / विराटनगर–२ मुनालपथस्थित एक इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीको सो–रुममा आगलागी भएको छ ।

विराटनगरको भब्या इन्टरनेसनलमा ब्याट्री पड्किएर आगो लागेको प्रारम्भिक जानकारी रहेको छ । उक्त पसलमा बिजुलीबाट चल्ने साइकल तथा सिटि सफारी बेचिने गरेको थियो ।

अहिले विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । अहिले ३ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । आगो के कारणले लागेको हो भन्ने निस्कर्ष निस्किएको छैन ।

भब्या इन्टरनेशनलसँगै बजाजको सो–रुम पनि छ । आगोले इलेक्ट्रिक पसल पूर्णरूपले जलेको छ । सो–रुममा पनि क्षति पुगेको छ ।

पूर्वतिरबाट हावा चलेका कारण आगो नियन्त्रणका कठिनाइ भइरहेको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर, नियन्त्रणमा आउन सकिरहेको छैन ।

आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन । आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेको छ । ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर