AArya
RUMPUM
animated ellipse animated ellipse

सेभेन साइड फुटबल सूरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७३, शुक्रबार १६:४१
3
Shares
विराटनगर, १३ फागुन / विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप आज शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ ।
शुक्रबारै भएको उदघाटन खेलमा जेम्स स्कूल, आर्दश स्कुल र डनवस्को स्कूल विजयी भएको छ ।
पहिलो खेलमा जेम्स स्कूलले विकेभिएम स्कूललाई सडन डथमा ४–३ गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा देवै टिमले गोल रहित बराबरी खेले पछि खेल पेनाल्टि सुटआउटमा धकेलेको थियो । पेनाल्टि सुटआउमा पनि बरबरी भए पछि खेल सडन डेथबाट भएको थियो । खेलको म्यान अफ द म्याच जेम्सका संजोग भट्टराई घोषित भए ।
दोस्रो खेलमा आर्दश स्कूलले डनवस्को निलोलाई पेनाल्टि सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा देवै टिमले गोल २–२ को गोलमा खेले सकिएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो । खेलको म्यान अफ द म्याच आर्दशका रोहन मलिक घोषित भए ।
तेस्रो खेलमा डनवस्को सेतोले डाँन स्कूललाईलाई पेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा देवै टिमले गोल रहित बराबरीमा खेले सकिएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो । खेलको म्यान अफ द म्याच पराजित टिम डाँनका वर्षात राजवंशी घोषित भए ।
फागुन २१ गतेसम्म सञ्चान हुने सो प्रतियोगितामा विराटागरका १६ टिमको सहभागि रहेको खेल सम्योजक विक्की कार्किले जानकारी दिए ।
यस अघि प्रमुख अतिथि एन्फाका केन्द्रिीय उपाध्यक्ष सन्तोष बानियाँले मुख्य रेफ्री सन्दिप राउतलाई बल दिएर प्रतियोगितको उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर