RUMPUM
animated ellipse animated ellipse

प्रादेशिक स्तरिय सहकारी गोष्ठी बिराटनगरमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ फाल्गुन २०७३, सोमबार १८:११
3
Shares
तस्वीर - प्रेम देवान
माधव अधिकारी
बिराटनगर, फागुन ९ /राष्ट्रिय सहकारी संघको आयोजनामा एक नम्बर प्रदेश स्तरिय अनुभव आदान प्रदान दुई दिने गोष्ठी बिराटनगरमा शुरु भएको छ ।
गोष्ठीको उदघाटन गर्दै राष्ट्रिय सहकारी संघ लि.का अध्यक्ष तथा सांसद केशव प्रसाद बडालले सहकारीले निजि क्षेत्रसंग प्रतिस्पर्धागर्न प्रबिधिमैत्री हुनुको बिकल्प नभएको र सहकारीलाई सफल संस्थाको रुपमा स्थापित गर्न जिल्ला संघ र बिषयगत संघहरुको महत्वपुर्ण भुमिका हुनेकुरा बताए । उनले संसोधित सहकारी ऐन सहकारी मैत्री आउने कुरामा बिश्वास दिलाए ।
एमाले मोरङका सचिव तथा सांसद ऋषीकेश पोखरेलले सहकारी आन्दोलनले नै राज्यलाई घिसारेर यहाँसम्म ल्याई पुर्याएको अवस्था बताउदै मुलुक अव आर्थिक र सम्बृद्धिको बाटोमा लाग्नुपर्ने बताए । उनले सहकारीमा केहि बिकृती भएको बताउदै संचालकहरु मोटाउदै जाने तर सदस्यहरु चाहि लुते हुने पबृत्तीको अन्त्य हुनुपर्ने जोड दिए ।
कार्यक्रममा चिया केन्द्रिय सहकारी संघका अध्यक्ष गोविन्द दाहाल र सुपारी केन्द्रिय सहकारी संघका उपाध्यक्ष बिश्वनाथ ढकालले चिया र सुपारी उत्पादन देखि बजारीकरणमा रहेका समस्याका बारेमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रदेश स्तरिय कार्यशाला गोष्ठीमा चौध जिल्लाका सहकारी संघ र बिषयगत संघका अध्यक्षहरुले छुट्टा छुट्टै जिल्लागत बिवरण प्रस्तुत गरेका थिए । गोष्ठीमा राष्ट्रिय सहकारी संघ लि.का बरिष्ठ उपाध्याक्ष मिनराज कडेलले गोष्ठीको उदेश्यबारे प्रकाश पारे ।
त्यस्तै संघका महाप्रबन्धक चित्राकुमारी सुब्बाले केन्द्रिय संघको गतिबिधि बारे प्रस्तुत गरिन् । कार्यक्रममा स्थानिय बिकाश अधिकारी शोभाकर रेग्मी डिभिजन कार्यालयका प्रमुख गोपी घिमिरे, सांसद मीना यादव सांसद मिलन राजबंशी एमाले नेता जीवन घिमिरे लगायतले बोलेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले स्वागत मन्तब्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर