विराटनगर, फागुन ६ / विराटगर–१५ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले २२ औ. बार्षिक उत्सव तथा विद्यार्थी दिवश मनाएको छ ।
स्कुलले विद्यालयको प्राङ्गमा शुक्रबार विभिन्न कार्यक्रम गरी मनाएको हो । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
बार्षिक उत्सवको अवसर पारेर स्कूलमा भएको आन्तरीक खेलकुदमा विजयी भएका खेलाडि तथा आन्तरीक परिक्षामा उत्कृष्ट हुने विद्याथीहरुलाई समेत पुरस्कृत गरीएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक केशवप्रसाद दाहाल, मोरङका जिल्ला शिक्षा अधिकारी देवन्द्राज खनाल, अविभावक सँघ पूर्वाञ्चलका अध्यक्ष देवि पन्थि, एजुकेशन हल्पलाइनका अध्यक्ष राजेन्द्र ढकाल, इष्टुका केन्द्रिय सदस्य रोहिनीरमण दवाडी, स्कुलका प्रिन्सिपल विनोद अधिकारीलगायतले बोलेका थिए ।
स्कूलका व्यवस्थापन समितिका अध्यक्ष बासुदेव न्योपानेको सभापतित्वमा कार्यक्रम भएको थियो । बार्षिक उत्सव दुइ चरणमा हुने छ । शुक्रबार कक्षा ६ देखि १० सम्म र शनिबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्म भई बार्षिक उत्सव सम्पन्न हुने छ ।