AArya
RUMPUM
animated ellipse animated ellipse

लायन्सको सचेतना अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ फाल्गुन २०७३, बिहीबार २२:०१
3
Shares
विराटनगर, फागुन ५ / किशोरी अवस्थामा गर्भाधारण हुदा हुने जोखिम र त्यसको समस्याको सावधान गर्ने उद्देश्यले लायन्स क्लव अफ मोरङ विराटनगर र लियो क्लवले सचेतना अभियन सुरु गरेको छ ।
क्बलले मंगलबारदेखि अभियान सुरु गरेको हो ।
अभियानका क्रममा विराटनगरका प्लस टु शिक्षादिप, अर्किड, कोवास, नेशनल एकेडेमी र लर्डबुद्ध कलेजमा अध्ययरनत विद्यार्थीहरुलाई स्वास्थ्य सचेतनाका बारेमा जानकारी गराएको क्लवका अध्यक्ष डा.बालकृष्ण साहले जानकारी दिए ।
सचेता कार्यक्रमको सहजिकरण लियो क्बलका सदस्यहरुले गरिरहेका छन् । तीन समूहमा गठन गरि कलेजमा सेचता अभियान सुरु गरिएको साहले बताए । लियो क्लवका केशव बस्नेत, निसु आचार्य र मेनल अधिकारीको टोलीले सचेतना कार्यक्रम गरिहेका छन् ।
स्त्री तथा प्रस्तुती विशेषयज्ञ डा. बालकृष्ण साह, ममता श्रेष्ठ, सुर्यनारायण चौधरीहरुले प्रशिक्षण दिएर क्लबका प्रतिनिधिहरुलाई प्लस टुमा जनचेतनाकालागि परिचालन गरेका हुन । २१ दिन सम्म सञ्चालन हुने अभियानमा एक हजार पाचसय विद्यार्थीलाई स्वास्थ्य जानकारी गराइने कार्यक्रम संयोजक राजन दत्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर