खेलाडि उत्पादन गर्नलाई विराटनगरमा क्रिकेट प्रशिक्षण सुरु
पूर्वाञ्चल खबर
५ फाल्गुन २०७३, बिहीबार १८:२०
3
Shares
विराटनगर, फागुन ५ / मोफसलमा गुणस्तरिय खेलाडि उत्पादन गर्ने उद्देश्यले आज देखि मोरङमा क्रिकेट प्रशिक्षण सुरु भएको छ ।
नेपाल क्रिकेट फाउन्डेशन र वेलायतको कनेक्टिङ क्लवको संयुक्त आयोजनामा आज देखि मोरङको झापा बैजनाथपुरमा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रशिक्षण सुरु भएको आयोजकले जनाएको छ ।
विराटनगरमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै भर्खरै सम्पन्न हिसान स्पोर्ट्स मिट र अन्तर कलेज क्रिकेट प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरुका छात्रछात्राहरुका लागि सो प्रशिक्षण संचालन गरिएको जनाएको छ ।
प्रशिक्षणमा बेलायतबाट आएका क्रिकेट प्रशिक्षकहरुले खेलाडीहरुलाई प्रशिक्षण दिने जनाइएको छ । प्रशिक्षणमा मोरङ जिल्लाका पाँच विद्यालय र तिन कलेजका गरि जम्मा १ सय ६० जना खेलाडीहरुको सहभागिता रहेको छ ।
५ दिनसम्म संचालन हुने प्रशिक्षणमा नेपाल क्रिकेट फाउन्डेशन र इंगलिस क्रिकेट बोर्ड वेलायतका प्रशिक्षक जेसन रेन्स, कनेक्टिङ क्लवका संस्थापक यङ्गु्स बेरी र महिला खेलाडीहरुलाई नीडा युसुफले प्रशिक्षण दिइरहेका नेपाल क्रिकेट फाउन्डेशनका सस्थापक अभिशेक श्रेष्ठले बताए ।