प्रेम देवान
विराटनगर फागुन ४ /विराटनगर १४ मा रहेको जुनजेली बुटिकले पहिलो पटक आयोजना गरेको विराट फेशन फिस्टा भेलेन्टाइन डे मय बनेको छ ।
प्रेम दिवस अर्थात भ्यालेन्टाईन्स डेलाई लक्षित गरी आयोजना गरिएको फेशन फिस्टामा एक दर्जन बढी मोडल र्याम्पमा उत्रिए । विराटनगरको तिन पैनीमा रहेको होटल ह्यारीसन प्यालेस मंगलबार राती भएको कार्यक्रममा नेपालका चर्चित होस्ट शुसिल नेपालले गरेका थिए । मोडलहरुले सुरुमा कल्चरल शो अन्तर्गत नेपाली, क्रिस्चयन, मारवाडी,मधेशी, मुस्लीम डे«समा र्याम्प वर्कमा उत्रिएका थिए ।
यसैगरी उनीहरुले लेङगा, सिक्टीज् ,गाउन गरी चारवटा सिक्वन्समा उत्रिएका थिए । अझ कायक्रमलाई भव्य बनाउन नायिका करिश्मा मानन्धर पनि ¥यामवकमा हिडेकी थिईन् ।
गायक सुगम पोखरेल, र प्रस्ना शाक्यले रोमान्टीक गीतहरु गाएर कार्यक्रम हेर्न आउने युगल जोडीहरुले भरपुर मनोरञ्जन लिएका थिए । त्यसैगरी डान्सर निलम ढुङ्गाानाले एक खुट्टाले जुम्मा गर्दै नाचेर उपथिस्त आम दर्शकलाई आश्चर्य चकित तुल्याएकी थिईन् ।
जुनजेलीको सञ्चालिका सुनिता उप्रेतीको डिजाइनमा उत्रिएका मोडलहरुले पछिल्लो समय युवापुस्तामा बढेको माग अनुसार पहिरनलाई झल्काएको बताईन् । सञ्चालिका उप्रेतीले भनिन् ‘अहिले युवापुस्तामा फेसनको प्रभाव बढेको छ । उनीहरुको रोजाई र चाहनालाई पहिरनमा उतारिका बताईन् । आगामी हरेक बर्ष प्रेम दिवसको अबशरमा विराट फेशन फिस्टालाई निरन्तरता दिने बताईन् ।
विराट फेशन फिस्टालाई कोरियोग्राफर सिमा कर्णले गरेकी थिईन् ।