AArya
RUMPUM
animated ellipse animated ellipse

मनोहर सामुदायिक वनको अध्यक्षमा पुनः भट्टराई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७३, शनिबार २०:२४
3
Shares
उर्लाबारी, माघ २९/ मनोहर सामुदायिक वनको अध्यक्षमा पुनःगोविन्दप्रसाद भट्टराई सर्वसम्मत रुपमा चुनिएका छन् ।
शनिबार भएको तेस्रो वार्षिक साधरणसभाले तीन वर्षे कार्यकालका लागि भट्टराई सहित ३२ सदस्सीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ । समितिको उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ,सचिवमा भीम श्रेष्ठ,सहसचिवमा टंक अधिकारी र कोषाध्यक्षमा निर्मला चौहान रहेकी छिन् ।
तेस्रो वार्षिक साधरणसभामा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको भावी कार्ययोजनाहरुमा वन विकास,सामाजिक विकास,गरिबी न्यूनिकरण तथा आयमूलक कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख गरिएको छ । तालिम हलको निर्माण,वैकल्पिक उर्जालाई प्रवद्र्धन गरिने,एक अपांग परिवारको घर निर्माणका लागि अनुदान मार्पmत काठ उपलब्ध गराउने विषयहरु भावी कार्यक्रमहरुमा उल्लेख गरिएको छ ।
साधरणसभामा कोषाध्यक्ष हरि श्रेष्ठले २५ लाख ५५ हजार बराबरको आयव्यय सार्वजनिक गरे । सामुदायिक वनको कार्यलय परिसरमा आयोजित साधरणसभामा सामुदायिक वन महासंघ मोरङ जिल्ला उपाध्यक्ष रामकृष्ण राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । वार्षिक साधरणसभामा राई लगायत,सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी,जनज्योति सामुदायिक वनका शिवकाजी कठायत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
९ सय ५० घरधुरी सदस्य रहेको मनोहर सामुदायिक वन दुई सय ६८ हेक्टर क्षेत्रफलमा पैmलिएको छ । मधुमल्ला ९मा अवस्थित यो वनले उर्लाबारीको वडा नम्बर १,२,३ र मधुमल्लाको ७,८ र ९ वडाका वासिन्दालाई सेवा दिदै आएको छ । २०५९ सालदेखि यो वनलाई संरक्षण गरिन थालिएको यो वन २०७१ सालमा दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर