AArya
RUMPUM
animated ellipse animated ellipse

ट्रेड यूनियनका गोष्ठी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७३, शनिबार १९:३७
3
Shares
विराटनगर, माघ २९ / स्थानीय तहमा कर्मचारी समायोजन र ब्यवस्थापनका सम्भावना र चुनौती बिषयक एकदिने कार्यशाला गोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ ।
आधिकारिक ट्रेड यूनियनको आयोजनामा भएको गोष्ठीमा विभिन्न चार वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यशालामा मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मी, आयोजक संस्थाका सहसचिव यूवराज पौडेल, महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक देविबहादुर थापा र उच्च अदालत विराटनगरका रजिस्टार नारायणप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठिमा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले नयाँ संरचनामा कर्मचारीहरुलाई समायोजन गर्ने बिषयमा कर्मचारीहरुबीच नै अन्यौल र अनभिज्ञता रहेको अवस्थामा गोष्ठिले प्रभावकारी भुमिका खेल्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा मोरङका विभिन्न सरकारी कार्यालयका प्रमुखसहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर