RUMPUM
animated ellipse animated ellipse

सरुवा भएका कर्मचारी कार्यकक्षमा ताला लगाएर हिडे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७३, सोमबार २१:१७
3
Shares
विराटनगर, २४ माघ । सरकारी जागिरे कर्मचारीलाई काम गर्ने क्षेत्र सम्बन्धित मन्त्रालयको कर्मचारी प्रशासन शाखाले तोक्छ । मन्त्रालयले तोकेको क्षेत्रमा काम गर्नु कर्मचारीको कर्तब्य हो ।
तर जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका एक कर्मचारीले मन्त्रालयलाई नै ‘चुनौती’ दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले सरुवा भएपनि कार्यक्षेत्रमा नगएर मन्त्रालयलाई नै अटेर गरेर बसिरहेको पाइएको छ ।
यादवलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले गत कात्तिक २९ गते सरुवा गरेको थियो । चार बर्षयता मोरङमा कार्यरत यादवलाई विभागले जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीमा सरुवा गरेको थियो । तर सुनसरी जान अटेर गरेका उनले मोरङमा कार्यकक्षमा कागजात थुनेर हिडेको स्रोतले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको रमानापत्र बुझ्न नमानेका यादव कार्यकक्षमा ताला लगाएर हिडेका हुन् ।
माघ पहिलो साता कार्यालयमा ताला लगाएर हिंडेका यादव अझै नफर्किएको कार्यालय प्रमुख चन्द्रदेव महतोले जानकारी दिए । ‘रमानापत्र घर ठेगानामा पठाएका छाैँ, जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव महतोले भने ‘उहाँ कार्यकक्षमा ताला लगाएर जानु भएको छ ।’ ८÷१० दिनको विदा लिएर माघ पहिलो साता हिंडेका यादव अझै नआएको उनले बताए ।
कार्यालयका महत्वपूर्ण कागजात कार्यकक्षमा थुनेर यादव हिडेको स्रोतको भनाइ छ । गत मंसिर पहिलो साता गरिएको निजी स्वास्थ्य संस्था र क्लिनिकहरुको अनुगमनको फाइल आप्mनो कार्यकक्षमा थुनेर सरुवा रोक्न भन्दै यादव राजधानी गएको हु“दा कार्यालय नआएको ती कर्मचारीको भनाइ छ । तर कार्यालय प्रमुख महतो सबै कागजात यादवले नथुनेको बताउ“छन् ।
‘सबै फाइल थुनिएका छैनन् ।’ उनले भने ‘अनुगमनको फाइलमा काम कारवाही अघि बढाइरहेका छौ ।’ समाचार स्रोतका अनुसार यादवले आप्mनो नेतृत्वमा भएको अनुगमनमा सिल गरेका क्लिनिकहरुको फाइल आप्mनै कोठामा थुनेर राखेका छन् ।
यादवले कार्यकक्षमा कागजात थुनेर गएपनि कार्यलय प्रमुख र स्थानीय प्रशासनले चासो नदिएको बताइएको छ । कर्मचारी व्यवस्थापन गर्न पर्याप्त कोठा भएकाले यादवले ताला लगाएको कोठा नखोलिएको कार्यालय प्रमुख महतोले बताए ।
‘आवश्यक परे मुचुल्का उठाएर कोठाको ताल्चा खोल्छौ, महतोले भने उहा“ आउछु भन्दै जानु भएको छ ।’ यादवको स्थानमा महेन्द्र चौधरी हाजिर भैसकेका छन् ।
महतोका अनुसार सातौ तहका कर्मचारीको दरवन्दी मन्त्रायलमा नै हुन्छ । मन्त्रालयले कर्मचारीलाई आवश्यकता अनुसार खटाउने गरेको छ । मोरङमा सातौ तहका कर्मचारीको एकमात्र दरबन्दी रहेको महतोले जानकारी दिए ।
सरुवा भएको मितिले २१ दिनसम्म उनी सरूवा भएको ठाउ“मा नगएपछि रमाना पत्र घर ठेगानामा पठाएको महतोको भनाई छ ।
तर जनस्वास्थ्य अधिकृत यादव आफनो सरुवा नै गलत भएको बताउ“छन् । कार्यालयले रमाना पठाएको बताएपनि आफुले रमाना पत्र नै नपाएको यादवले बताए ।
घरायसी कामले आफु विदामा रहेको बताउदै उनले चावी नखोलेको जानकारी दिए । २०÷२२ दिन अघिदेखि आफु छुट्टीमा रहेकोले रमानाको बारे थाहा नभएको उनले बताए ।
udghoshdaily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर