इङ्ग्ल्याण्डलाई ७५ रनले पराजित गर्दै भारतद्वारा टी-२० शृंखलामाथि कब्जा
पूर्वाञ्चल खबर
१९ माघ २०७३, बुधबार २२:५९
3
Shares
बेङ्लोर, माघ १९ /युजभेन्द्र चहालको घाटक बलिङले भारतले पाउना टोल इङ्ग्ल्याण्डलाई ७५ रनले पराजित गर्दै ३ खेलको टी-२० क्रिकेटको सिरिज २–१ ले जितेको छ ।
बेङ्लोरमा भएको खेलमा सुरेश रैना र महेन्द्रसिंह धोनीको अर्धसतक तथा युवराज सिंहको बिस्फोटक ब्याटिङका कारण २ सय ३ रनको विशाल लक्ष्य दिएको थियो ।
कप्तान विराट कोहली २ रनमै आउट भइसकेको अवस्थामा रैनाले ५ छक्काको सहयोगले ४५ बलमा ६३ रन बनाए । उनले केएल राहुल (२२) सँग मिलेर पहिलो र धोनीसँग मिलेर दोस्रो अर्धसतकको साझेदारी गरेका थिए ।
धोनीले पहिलो टि–२० अर्धसतकको रुपमा ३६ बलमा ५६ रन बनाए । उनले २ छक्का र ५ चौका प्रहार गरे । धोनीले युवराजसँग मिलेर अर्को अर्धसतकीय साझेदारी पनि गरेका थिए।
युवराजले बिस्फोटक ब्याटिङ गर्ने क्रममा १० बलमा २७ रन बनाए । उनले क्रिस जोर्डनको एकै ओभरमा तीन छक्का प्रहार गरेका थिए । भारतीय ब्याट्सम्यानले पुरै इनिङमा १२ छक्का प्रहार गरेका थिए ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएकोे भारतले ६ विकेट गसमाई २ सय २ रनको विशाल योगफ खडा गरेको थियो । टि–२० मा डेब्यु गरेका रिसब पन्तले अविजित ६ रन बनाएका थिए ।
जवाफमा २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड चहलको घातक बलिङसामु निरीह हुदै १६ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय २७ रनमा सिमित भयो । इङ्ग्ल्याण्डकालागि जोय रुटले ४२ रन, कप्तान ओइन मोर्गनले ४० रन र जेसन रोयले ३२ रनबाहेक अरुले दोहोरो अंकलाई छुन सकेनन् । भारतका चहलले ४ ओभरमा २५ रन दिएर ६ विकेट तथा जसप्रित बुमराले ३ विकेट लिए ।