RUMPUM
animated ellipse animated ellipse

सोनाम ल्होसार पर्व सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार २२:०४
3
Shares
विराटनगर माघ १५ / बौद्ध तामाङ समाज विराटनगरले पनि आज २८५३ औं सोनाम ल्होसार पर्वको अवसरमा विशेष कार्यक्रम गरेको छ ।
स्थानीय एक्वा पार्कमा नेपाल तामाङ घेदुङ नगर कार्य समितिको सहकार्यमा भएको कार्यक्रमका सहभागि वक्ताहरुले आफ्नौ मौलिक रितिरिवाज र परम्परा जोगाउन युवा पुस्ता अघि सर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष मिलनकुमार राईले सर्वसाधारणमा पछिल्लो समय आफ्नो संस्कृतिप्रति मोह बढ्दै गएको बताए । कार्यक्रममा तामाङ समुदायका युवा–युवतीले मौलिक गीत–संगीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नोपाल तामाङ घेदुङ जिल्ला समिति मोरङका अध्यक्ष दिलबहादुर पाख्रिन, नगर समिति अध्यक्ष रामजी पाख्रिन, कृष्ण भूषण बल स्मृति प्रतिष्ठानका संयोजक शोभा लामा बल र धर्मगूरु फुर्वा लामा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर