विराटनगर, माघ १५ /कृषकहरुलाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मोरङको बनिगामामा तिन दिने कृषि प्रदर्शनि आज सम्पन्न भएको छ ।
विहिबारदेखि सुरु भएको प्रदर्शनिमा विभिन्न आठ वटा समुह बनाएर उत्कृष्ट उत्पादन गर्ने ६८ जना कृषकहरुलाइ सम्मान गरिएको छ । हरेक बर्ष जिल्ला कृषि विकास कार्यालय मोरङले आयोजना गर्ने मेलामा जिल्लाभरीका २७ वटा गाविसका कृषकहरुले कृषि जन्य सामाग्रीहरु प्रदर्शनिमा राखेको थियो ।
समापनमा कार्यक्रममा बोल्दै उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्ययले नयाँ नयाँ प्रविधिको प्रयोग गरेर खेति गरेमा उत्पादनमा बृद्धि हुने भएकाले कृषकहरुलाइ यस तर्फ अग्रसर बनाउनुपर्ने बताए । मेलामा जिल्ला भरीका तिन सय ९ जना कृषकहरुको तिन सय ९२ थरीका कृषिजन्य उपज र कृषि उपकरणहरु प्रदर्शनिमा राखिएको थियो ।
किसालाई नयाँ नयाँ प्रबिधिको बारेमा जानकारी दिन र किसानहरुलाई प्रतिस्पर्धि बनाउदै कृषि प्रतिको लगनशिलता बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले प्रत्येक वर्ष विभिन्न स्थानमा कृषि प्रदर्शनिको आयोजना गर्दै आएको छ ।