विराटनगर / विराट मेडिकल कलेजले मेडिकल जरनल विमोचन गरेको छ । पुर्वाञ्चल बिश्वबिद्यालयका मेडिकल डिन डा. सिद्धार्थ कोइराला र विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सयुक्त रुपमा मेडिकल जरनल बिमोचन गरेका हुन् ।
मेडिकल कलेजले एक कार्यक्रमको आयोजना गरी बिराट जरनल अफ हेल्थ साइन्स नामक त्रैमासिक जरनलको बिमोजन गरेको हो ।
चिकित्सा क्षेत्रमा दिन प्रतिदिन भएको उपलब्धि तथा विभिन्न रोगहरुको उपचार पद्दतिको बारेमा यस जरनलले जानकारी गराउन उद्धेश्यका साथ मेडिकल कलेजले प्रकाशनमा ल्याएको छ ।
मेडिकल कलेजको आफना एउटा सपना हुन्छ त्यो सपनालाई पुरा गर्न चिकित्सकहरुको समुहले नै सहयोग गर्दछ तसर्थ आज त्यो टिमले यो जरनल तयार गरेको अध्यक्ष डा. कार्कीले बताए । नेपालमा ६ वटा मेडिकल कलेज मात्र जरनल प्रकासित गर्ने गरेका छन् ।