विराटनगर, माघ १० /एलपी ग्यास विक्रेताहरुले आफुहरुले पाउने कमिशनमा वृद्धि गरिनुपर्ने माग गरेका छन् ।
ग्यास विक्रेता संघ मोरले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रति ग्यास सिलिण्डरमा ५ प्रतिशत कमिशन वृद्धिगर्न माग गरेको हो । ग्यासको मुल्यमा वृद्धि हुदै आएपनी आफुहरुको कमिसन भने हाल सम्म बृदि नभएको भन्दै बिक्रेताहरुले कमिशन वृद्धिको माग गरेका हुन् ।
महङ्गाइ बढेपनि आफुहरुले पाउने कमिसनमा भने प्रति सिलिण्डर ३५ रुपैयाबाट अहिले सम्म नबढाइदा बिक्रेताहरु मर्कामा परेका ग्यास विक्रेता संघ मोरङका अध्यक्ष विकाश लालवानीले वताए । ग्यासको मुल्य ६ सयबाट बढेर १४ सय रुपैया पुग्दापनि आफुहरुको कमिसन भने ३५ रुपैयाबाट बढ्न नसकेको उनिहरुको गुसनो छ ।
संघले अहिले २ प्रतिशत कमिशन लिने गरेकोमा त्यसलाई बढाएर ५ प्रतिशत पु¥याउन आग्रह गरेको छ । संघले ग्यासमा लगाइने भ्याटलाई समेत हटाउन आग्रह गरेको छ । कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य चिरंन्जीवी अधिकारीले कमिशन वृद्धि नभए माघ १९ पछी आन्दोलनमा जाने वताए ।