AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लोडसेडिङ न्यूनीकरणसँगै व्याट्री, इन्भर्टरको आयातमा कमी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७३, आईतवार १९:४६
3
Shares
९ माघ, विराटनगर /लोडसेडिङ न्यूनीकरणसँगै विराटनगर–जोगवनी नाका भएर भित्रिने व्याट्री, इन्भर्टर तथा जेनेरेटरलगायतका सामानको आयातमा भने थोरै कमी आएको पाइएको छ ।
गत वर्षको तुलनामा यस वर्षको ६ महिनामा २ करोड ४९ लाख मूल्य बराबरको सामान आयातमा कमी आएको हो । विराटनगरस्थित भन्सार कार्यालय रानीले दिएको तथ्यांक अनुसार गत वर्षको यही अवधिमा झण्डै ५१ करोड ७९ लाख ३६ हजारको त्यस्ता सामान आयात भएको थियो । यस वर्षको ६ महिनाको अवधिमा भने ४९ करोड ३० लाख ३२ हजार बराबरको सामान आयात भएको देखिएको छ ।
गत वर्षको तुलनामा यो २ करोड ४९ लाख मूल्य बराबरको सामान कम आयात भएको हो । गत वर्ष यसखालका सामानहरू १ अर्ब ३ करोड ५८ लाख ७२ हजार बराबर मूल्यको आयात भएको थियो । यस आर्थिक वर्षको पुस मसान्तसम्ममा भने ४९ करोड ३० लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर