AArya
RUMPUM
animated ellipse animated ellipse

मालपोत कार्यालयले अनलाईन सेवा संचालन गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७३, शनिबार १६:४५
3
Shares
८ माघ, विराटनगर/ विराटनगर स्थित जिल्ला मालपोत कार्यालयले अनलाईन सेवा संचालन गर्ने भएको छ ।
छिटो छरितो एवम् व्यवस्थित रुपमा सेवा प्रदान गर्न कार्यालयले अनलाईन सेवा संचालन गर्न लागेको हो ।
यहि माघ मसान्त भित्र सेवा संचालन गर्न लागेको मालपोत कार्यालय प्रमुुख नरेन्द्र पौडेलले जानकारी दिए । सेवा संचालनका लागि डाटा संकलन तथा रुजुु गर्ने काम भइरहेको पौडेलले बताए ।
अनलाइन सेवा संचालनका लागि सवै काम अन्तिम चरणमा पुुगेकाले तिन हप्ता भित्र सेवा संचालन हुुने प्रमुुख पौडेलले जानकारी दिए । कार्यालयले अहिले दैनिक डेढ देखि दुुइ सय सम्म जग्गाका काम गरिरहेको जनाएको छ । सेवा संचालनमा आएपछि काममा सहजता आउने कार्यालय प्रमुुख पौडेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर