AArya
RUMPUM
animated ellipse animated ellipse

६ महिनाको अवधिमा ९७ लाख २५ हजार ५ सय राजस्व असुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७३, आईतवार १९:५६
3
Shares

२ माघ, विराटनगर/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ९७ लाख २५ हजार ५ सय राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा १६ हजार १ सय १८ वटा सवारी साधनलाई कारबाही गरी त्यति राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक मदन गिरिले सबैभन्दा बढी ८ हजार २ सय ४ मोटरसाइकललाई कारबाही गरेको जानकारी दिए ।

यस्तै ६ महिनाको अवधिमा २ सय ८ वटा सवारी दुर्घटनामा परेर ५५ जनाको मृत्यु भएको छ । यस्तै अघिल्लो आर्थिक वर्ष २०७२/७३ को पुससम्म ६ महिनाको अवधिमा ३० हजार २ सय २० वटा सवारी साधनलाई कारबाही गरी १ करोड ४९ लाख १ हजार २ सय राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर