AArya
RUMPUM
animated ellipse animated ellipse

पथरीमा नगर स्तरीय फुटबल हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७३, आईतवार १५:१९
3
Shares
२ माघ, पथरी/ मोरङको पथरीशनिचरे नपा २ मा रहेको बुद्ध युथ क्लबले दोस्रो नगर स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबले आइतबार पथरीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराएको हो । नगर स्तरीय फुटबल माघ ८ गते देखि फागुन २२ गते सम्म पञ्चायत उमाविको प्रागङ्गनमा हुने आयोजकले जनाएको छ ।
फुटबल प्रतियोगितामा नगरको १५ वडाको सवै टिमहरु सहभागि गराउने आयोजकको दावी गरेको छ । प्रतियोगिताको विजेतालाई ३० हजार रुपैया र उपविजेतालाई १५ हजार रुपैया साथमा ट्रफी,मेडल र प्रमाण पत्र दिने खेल संयोजक विक्की राईले जानकारी गराए ।
त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द सिरीज,उत्कृष्ट खेलाडी,वेस्ट गोलरक्षक,वेस्ट डिफेन्डर,वेस्ट खेलाडी,वेस्ट कोच र खेल अवधि भर उत्कृट गोल कर्ता लाई नगद सहित पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष मदन आले बताए ।
प्रतियोगिताको खर्च आर्थिक संकलन र पथरीबाट बैदेशिक रोजगारको लागी विदेश रहेको नेपालीहरुबाट जुटाउने आयोजक टिमले जनाएको छ ।
खेल सम्पन्न गर्न २ लाख ५० हजार रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । नगर स्तरीय फुटबल प्रतियोगीतामा खर्च गरेर बचेको रकम सामाजीक काममा खर्च गर्ने आयोजकले बताएका छन् ।
पथरीशनिचरे नगरपालीकालाई फुटबलको माध्यमबाट समाज तथा सहरको बिकास गरेर नगरलाई चिनाउने,स्थानीय खेलाडी युवाहरुको खेलकुदको विकास गर्ने उदेश्यले प्रत्येक बर्ष फुटबल प्रतियोगिताको आयोजना क्लबले गदै आएको छ । गते बर्ष प्रथम १५ हजार र दोस्रो हुनेलाई ८ हजार रुपैया रकम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर