पूर्वाञ्चल खबर
१ माघ, विराटनगर / राजकुमारी बर्माले एक इँटा बनाए बापत ५० पैसा परिश्रमिक पाउछन् । उनी दैनिक २५ सय देखि ३ हजार इँटा बनाउन सक्छन । जति इँटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने र राम्रो फाइदा हुने उनको अनुभव छ ।
राजकुमारी मात्र होईन सुजा देव पनि ईटा बनाउने काममा ब्यस्त छन् । उनीहरु दुवै भारतीय हुन । नेपालीहरु रोजगार पाइएन भन्दै काम गर्न भारत तथा तेस्रो मुलुक जान्छन तर राजकुमारी जस्ता अन्य धेरै भारतीयहरु काम गर्नकै लागि नेपालमा आउने गरेका छन् ।
स्वदेशमा श्रम गर्न लजाउने र विदेशमा सोही काम मन लगाएर गर्नेहरुका लागि यो गतिलो उदाहरण हुनेमा दुईमत छैन ।
स्वदेशमै रोजगारीको सम्भावना हुँदाहुँदै विदेशिनेहरुले नेपालमा नै राजगारी गर्न सकिन्छ भन्ने ध्यान दिनु पर्ने उर्लाबारीका पारस पौडेलको भनाई छ ।
मोरङको उर्लाबारी नगरपालिकामा पर्ने एक मात्र इँटा उद्योग बगाले थापा इँटा उद्योगले वार्षिक १ सय ५० देखि २ सय भारतीय कामदार ल्याउने गरेको छ ।
वगाले ईटा उद्योगमात्र हाइन दर्बेशाकोस्टार ईटा उद्योग , कटहरीको आनन्द ईटा उद्योग, थलाहको उत्सव ईटा उद्योग लगायतका उद्योगहरुले पनि भारतबाट नै मजदुर ल्याउने गरेका छन् । एक उद्योगले १ सय ५० देखि २ सम्म भारतीय कामदार ल्याउने गरेका छन ।
कोशी इटा व्यवसायी संघका सल्लाहाकार मुरारी रेग्मी ईटा बनाउने मजदुरको अभावले भारतबाट आएका मजदुरलाई ईटा उत्पादनमा लगाईएको बताउछन ।
मोरङका ईटा उद्योगमा मात्र होईन कोशि अञ्चलका ईटा उद्योगमा काम गर्ने मजदुर भारतबाट आउने रेग्मीको भनाई छ ।
बगाले थापा इँटा उद्योग उद्योगका व्यवस्थापक मोति बुल रहमान स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको बताउछन ।
नेपालमा आएर सात महिनाको कमाईले वर्षभरिलाई खान र बस्न पुग्ने कामदारहरुको भनाई छ । मजदुर जितेन ब्रामणले ईटा उद्योगमा काम गरेको दुइ दशक भएको छ । सात महिने समायवधिमा खर्च कटाएर एक व्यक्तिले करिब ६५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको उनको अनुभव छ ।
ईटा उद्योग संञ्चालीत छन । ती ईटा उद्योगमा १० हजार मजदुर कार्यरत रहेको कोशी ईटा व्यवसायी संघले जनाएको छ ।