पूर्वाञ्चल खबर
२७ पुस विराटनगर/ एमाले मोरङको नेतृत्व चयनका लागि भएको निर्वाचल बुधबार साँझ सम्पन्न भएको छ ।
विराटनगरको अतिथी सदनमा भएको निर्वाचनमा ८ सय ७१ मत खसेको छ । ८ सय ९२ प्रतिनिधि चयन भएपनि २१ जना प्रतिनिधि भने निर्वाचनमा सहभागि नभएकोे निर्वाचन समितिका संयोजक सोमनाथ प्यासीले जानकारी दिए ।
मतदान प्रक्रिया बिहान ८ बजेदेखि नै सुरु गर्ने तयारी भएपनि मतपत्रमा त्रुटी भएपछि दिउँसो १ बजेपछि मात्र मतदान सुरु भएको थियो । नेतृत्वका लागि विनोद ढकाल र महेश रेग्मीले प्यानल बनाएरै चुनाव मैदानमा उत्रेका छन् ।
मतगणना विहीबार बिहानबाट सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।