AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विदेश छाडेर तरकारी खेतीमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७३, बुधबार १९:१९
3
Shares
विनु तिम्सीना
२७ पुस,विराटनगर/ मोरङ कटहरीका रुपनारायण मण्डल सात वर्ष मलेसिया बसेर यसै वर्ष नेपाल फर्केका हुन् । सात वर्ष मलेसियामा दुःख गरेर बिताएका उनी यस वर्ष नेपाल आएपछि फेरि विदेश गएनन् । स्वदेशमा नै बसेर तरकारी खेती गर्ने निर्णय गरे ।tarkari-copy-copy
उनका बुबा पनि कृषक नै हुन् । सात बर्ष विदेश बसेर फर्केपछि बुवाले गर्दै आएको पेसा अपनाउने निधो गरे ।
सूरुमा उनलाई कृषिमा खासै उपलब्धि नहुने र युवाहरुले पनि खेती के गर्नु भन्ने सोचेर विदेशिएका थिए । तर पछिल्लो समय कृषिमा बढेको आधुनिकीकरण र राज्यले पनि कृषितर्फ लगानी बढाएपछि उनलाई फेरि विदेशी भूमिमा पसिना बगाउनु उचित लागेन् ।
कटहरीमै आफ्ना अन्य साथीहरुले मनग्य आम्दानी गरेको देखेर पनि आफू तरकारी खेतीतर्फ प्रेरित भएको उनी बताउँछन् ।
अर्काको जागिर खानुभन्दा आफ्नै जग्गामा मेहेनत गरेर आम्दानी गर्नु उचित देखेर आफूले अहिले आफ्नै ३५ कठ्ठा जग्गामा बन्दा, काउली, भन्टा, टमाटरलगायतका तरकारीहरु लगाएको उनी बताउँछन् । सुरुवाती चरणमा अहिलेसम्म एक लाख रुपैयाँ खर्च लागेको उताउँदै उनले आगामी वर्ष थप विस्तार गर्दै लैजाने बताए ।
यसै पटकको खेतीबाट कम्तीमा पनि तीन लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको उनले बताए । बुबाले परम्परागत तरिकाले लगाएको धान र गहँुभन्दा बढी आम्दानी हुने भएकाले आफूले आधुनिक तरिकाबाट व्यावसयिक खेती सुरु गरेको उनले बताए । रोजगारीको अवसर छैन भन्दै विदेसिनुभन्दा कृषि कर्ममा लाग्दा धेरै फाइदा हुने उनको बुझाइ छ ।
तरकारी खेती तर्फ आर्कषण बढदै गएपछि मोरङको कटहरी गाविसमा तरकारी खेती विस्तार हुन थालेको छ । केही वर्षअघिसम्म धान, गहँु र उखु खेती गर्ने कृषकहरु केही वर्षयता व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् ।
कृषिमा सरकारको सहयोग र त्यसमा पनि अन्य बालीभन्दा तरकारी खेतीबाट बढी फाइदा हुने भएपछि यसतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको हो ।
मोरङमा ९ हजार तीन सय ३५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । जसबाट वार्षिक एक लाख २७ हजार ८ सय ८९ मेट्रिक्टन तरकारी उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर