AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट एक्स्पो’मा दुईसय बिस स्टल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार २०:००
3
Shares
विराटनगर/ ‘आर्थिक विकासको मूल आधार कृषि पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रर्दशनी आयोजना गरिने भएको छ ।
उद्योग संगठन मोरङले विराट एक्पो २०७३ कृषि तथा औद्योगिक प्रर्दशनी आयोजना गर्न लागेको हो ।
फागुन पहिलो सातादेखि आयोजना गरिने प्रदर्शनीमा नेपाल, भारत, चिन, बंगलवादेश, पाकिस्थानका कृषि तथा औद्योगिक उत्पादन तथा सेवा गरी २ सय २० वटा स्टलहरु रहेने छन् ।
उद्योग संगठनले आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन ११–१७ गते सम्म प्रदर्शनी आयोजना गर्ने तयारी भएको जानकारी दिएको छ । विराटनगर–३ मा आयोजना गरिने प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रर्दशनी स्थलको मुख्य आर्कषणको रुपमा रोजगारी, कृषि उत्वादन, औद्योगिक उत्पादन सहित अन्तराष्ट्रिय उत्पादन र बाल उद्यानपनि समेटिएको बताइएको उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिए ।
प्रर्दशनीबाट नेपालको कृषि तथा पर्यटक उद्योगको विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
विराट एक्पो अवलोकनकालागि प्रवेश शुल्क ५० रुपैया तोकिएको छ भने स्टलकालागि २५ हजार तोकिएको आयोजकले जानकारी दिएको छ । विराटनगर उपमहानगरपालिका, क्षेत्रिय कृषि निर्देशनालय क्षेत्रिय पशुसेवा निर्देशनालय र जिल्ला विकास समिति मोरङ सह आयोजक रहेको प्रर्दशनीमा कृषि, घरेलु कटिर तथा जरिवुटीका स्टलहरु राख्नलाई ११ हजार शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर