नहर मर्मत संभार एंव व्यवस्थित भएसंगै नहरमा सहज रुपले सिचाई
पूर्वाञ्चल खबर
२३ पुष २०७३, शनिबार १९:४९
3
Shares
२३ पुस, सुनसरी/ सुनसरी मोरंङ सिचाइ योजनाले सहज रुपले सिचाई पुु¥याउन मर्मत संभार एंव नहर व्यवस्थित गरेसंगै पुुर्वका ६८ हजार हेक्टर जग्गामा सहज रुपले सिचाई पुुग्न थालेको छ ।
योजनाले ५३ किलोमिटर मुुलनहर तथा शाखा नहर मर्मत सभारको काम सम्पन्न गरेपछी मोरङ र सुनसरी जिल्लामा झन सहज रुपले सिचाई पुुगेको हो ।
चतरादेिख झमनपुुरसम्मको मुुल तथा शाखा नहरवाट सहज रुपले सिचाई पुुग्न थालेपछी किसानहरु समेत उत्साहित भएका छन । मंसिर–१५ देखि पुुष–८ गते सम्म नहरमा पानी रोकेर काम शुुरु गरेको योजनाले जनाएको छ ।
किसानहरुको धान काट्ने समयमा धान भिज्ने भएपछी किसानहरुका माग अनुुसार योजनाले नहरमा पानी रोकेर काम गरेको थियो । योजनाले सो अवधिमा न्युु इन्टेक मर्मत, साईफन मर्मत इक्वुुडक्ट मर्मत, वुुस तथा हेड रेगुलेटर मर्मत साथै नहरको लाइनिङ तथा नहरको वैंक मर्मत गरिएको योजना प्रमुुख तारा पौडेलले वताए ।
काम सम्पन्न भएपछी गरेर पुुष–९ गतेदेिख नहरमा पानी छाडिएको योजना प्रमुुख पौडेलको भनाई छ । नहर व्यवस्थित भएपछी अहिले मुुलनहरमा २२ घन मिटर प्रतिसेकेण्ड पानी वगिरहेको छ । जसका कारण सहज रुपले सिचाई पुुगेको जनाइएको छ ।