१९ पुस,विराटनगर/ रंगेलीका पत्रकार दिलिपकुमार अग्रवालमाथी आक्रमण भएको छ ।
आज विहान मोरङको रंगेली– २ मा मोटरसाइकलमा घर तर्फ जादै गर्दा सोही ठाउँ अशेश्बर साह सहित सात आठ जनाको टोलीले उनी माथी आक्रमण गरेको हो ।
सामान्य विषयलाई लिएर साह सहितको समुहले आफुमाथि डुङगा प्रहार गर्दै लछारपछार गरेको पत्रकार अग्रवालले बताए ।
अग्रवालको हात तथा टाउकोमा ढुङगाले
लागेका कारण समस्या भएको छ । उनको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारमा भइरहेको छ ।
अग्रवाल विराटनगर स्थित मकालु टेलिभिजनका रंगेली
संवाददाता हुन । इलाका प्रहरी कार्यालय रंगेलीले घटनामा संलग्न अशेश्बरका भतिजा राकेश कुमार साहलाई नियन्त्रणमा लिएको असाई श्री प्रसाद राइले जानकारी दिए ।
यसैविच नेपाल पत्रकार महासंघ मोरङले एक विज्ञप्ती प्रकाशीत
गरी पत्रकार अग्रवालमाथी आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेको छ ।
महासंघका सचिब नवराज कट्टेलद्धारा जारी गरिएको विज्ञप्तीमा
घटनामा संलग्न अशेश्वर साह, विजय साह, कुशेश्बर साह, राकेश कुमार साह सहितलाई कारवाहीको माग गरीएको छ ।
त्यस्तै नेपाल प्रेस युनियन मोरङले पनि अग्रवालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको छ । आफ्ना सदस्य अग्रवालमाथि सांघातिक आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न युनियनले प्रहरी प्रशासनसँग माग गरेको हो । अग्रवालमाथि कुटपिट गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाए सशक्त आन्दोलनमा उत्रिने युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।