AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

घुँगीले टिकेको जिन्दगी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७३, सोमबार २०:४४
36
Shares
भारतको खरियाबाट ल्याएको घुँगी पखालेर बजार लान तयार गर्दै ऋषिदेव सामुदायका व्यापारीहरु । तस्वीर खबर पूर्वाञ्चल
अनिल श्रेष्ठ
१८ पुस,विराटनगर / सुनसरीको अमरवा – ४ मा रहेको ऋषिदेव बस्तीको दैनिकी गुजरा टार्ने एउटै माध्यम बनेको छ अहिले ‘घुँगी’ ।
खोला तथा खेतबारीमा हिलोमा गाढीएको अवस्थामा पाईने ‘घुँगी’ यहाँका १५ घर परिवार रहेका ऋषिदेव बस्तीको गुजरा टार्ने व्यवसाय ‘घुगी’ बनेको हो ।ghugi1

स्थानिय स्थरमा कमै पाईने ‘घुँगी’ टिप्न ऋषिदेव सामुदायका मानिसहरु भारतको खरियासम्म पुग्ने गरेको सुनसरीको अमरवा ४ का महेश्वर ऋिषिदेवले जानकारी दिए ।‘एक दिन लगाएर भारतको खरियादेखी घुगि नेपाल ल्याउने गर्दछौ – महेश्वरले बताए ।’ विहान झिसमिसैमा जोगवनीमा पुगी रेलमा चढी भारतको खरियामा पुग्ने गरेको महेश्वरले बताए ।
त्यस दिन साँझसम्म लगाएर खोला र खेतीबारीमा घुगी खोजेर एक क्हीटल जति बनाउछौ, ‘भोली पल्ट घर आउने गरकोको महेश्वरले बताए । एक दिनको पुरै समय माया मारेर ‘गुघी’ खोज्न लागि पर्ने गरेको उनीहरुको भनाई छ ।
घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानिय हाट बजारमा विक्री गर्ने गरेको अर्का घुँगी व्यापारी सहनीदेवी ऋषिदेवले बताए । ‘घुँगी’ प्रतिकेजी ५० रुपैयाँदरले विक्री गर्ने गरेका छन् । हप्तामा तीन पटक भारतको खरियासम्म घुँगी खोज्न उनीहरु पुग्ने गरेका छन् । घँुगीमा भिटामीन, रुगाले सताएको बेला यसको रस स्वादी हुने र रुघा दिक हुने भएकाले सबै सामुदायका मानिसहरुले घुँगी खाने गरेको नियमित जस्तो घुँगीको पारखी स्थानिय जसनारायण गुरुङले बताए ।
जाडो महिनामा घुँगि बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ अन्तिम साता सम्म ऋषिदेव सामुदायहरु यो व्यवसाय अंगाल्लने गरेका छन् ।
यसै व्यवसायबाट परिवार पाल्ने गरेको अर्का घुँगी व्यापारी बुधन ऋषिदेवले बताए । दैनिक ३० देखि ५० केजीसम्म घुँगी विक्री गर्दै आएको बुधनले हप्तामा ७ हजार देखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए । यही व्यवसायबाट पाँच जनाको परिवार धानेको ऋषिदेवले बताउँछन् ।
दुई महिनासम्म मेहनत गरेर घुँगी खोज्न लागी पर्छौ त्यपछि यसको सिजन हराउने भएकाले त्यपछि उखु खेती तर्फ लाग्ने उनीहरुको भनाई छ ।
एक दिन मेहनत गरेन भने परिवारको सदस्यको मुखमा माडसमेत पस्न पाउँदै बुधनले भने,‘बाह्र महिना अर्काको घरमा बनीबुतो गरेर परिवार पाल्नु परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर