AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा पेट्रोलियम अभाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७३, सोमबार १७:१३
3
Shares
१८ पुस,विराटनगर / मूल्य घट्ने हल्लासंगै विराटनगरमा पेट्रोलियम पदार्थ (इन्धन) को अभाव देखिन थालेको छ ।
मूल्य घट्ने हल्लाले व्यवसायीहरुले नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरको डिपोबाट अन्य समयको तुलनामा कम परिणाममा पेट्रोलियम पदार्थ उठाउन थालेपछि अभाव देखिएको हो । अभाव भएको भन्दै सबै पेट्रोल पम्पहरुले आजदेखि वितरण बन्द गरेका छन् ।
विराटनगरमा रहेका पम्पहरुमा पेट्रोल र डिजेल छैन भनेर सूचना टाँस गरिएको छ । पेट्रोल र डिजेल भर्नका लागि सवारी साधन लिएर जाने ग्राहाकहरु त्यत्तिकै फर्कनु परिरहेको छ । विक्रेताले कम परिणाममा मात्र लगिरहेका बेला पम्पहरुले पनि तीनदिनदेखि निगमको डिपोबाट इन्धन लैजान पाएका छैनन् ।
एक व्यवसायीका अनुसार तीनदिनदेखि पम्पमा लगेर अनलोड गर्न नपाउँदा पम्पमा रहेको पेट्रोलिय सकिएर अभाव हुन पुगेको हो । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाका अनुसार धेरै लगेर राखेको बेला मूल्य ह्वात्तै घट्यो भने नोक्सान बेहोर्नु पर्ने बताउँदै विक्रेताले केहीदिनदेखि कम परिणाममा मात्र पेट्रोलियम लगिरहेका बेला तीनदिनदेखि डिपोबाटै लैजान नपाउँदा भने अभाव भएर अर्को समस्या निम्तिएको हो ।
शुक्रबार र शनिबार दुई दिन सार्वजनिक विदा रहेको र हिजो आइतबार एक दिन निगममै लिङ्क नआएर विलिङ हुन नसकेका कारण पम्पहरुले पेट्रोलियम लैजान नपाएको निरौलाको भनाइ छ । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख दिनेश यादवका अनुसार लोड अनलोडमा देखिएको समस्या समाधान भइसकेका कारण अव पेट्रोलियम अभाव हुने छैन । विराटनगरमा संचालनमा रहेका १५ वटा पम्पहरुले उपभोक्तालाई पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर