AArya
RUMPUM
animated ellipse animated ellipse

सागर सरी चोखो माया…. गीतबाट चम्कीए बसन्त सापकोटा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७३, सोमबार १५:५३
3
Shares
१८ पुस,विराटनगर/ सयभन्दा बढी नेपाली चलचित्रमा संगीत दिएर कलाकारिता क्षेत्रमा स्थापित संगीतकार तथा गीतकार हुन्, बसन्त सापकोटा ।basanta-2
गायन क्षेत्रदेखि कलाकारितामा प्रवेश गरेका सापकोटाले अनगन्ती भिडियो चलचित्रमा संगीत भरेका छन् भने सयभन्दा बढी ठूलो पर्दाको चलचित्रमा संगीत दिएका छन् । कास्की थुमाकुडाडा– ९ तारकुङमा जन्मिएका सापकोटा सानै उमेरदेखि कालकारिता क्षेत्रमा लागेका थिए । संगीतकार सापकोटाले संगीत दिएको ‘मेरो फिगर कोकोकला…, कम्मरमाथि पटुकी…, गाला रातै गाला रातै…, यी आँखामा तिमी छौं….., लगायतको गीतहरु हिट बनेका छन् ।basanta-sapkota
सापकोटाले कलाकारिता क्षेत्रमा गरेको संघर्षबारे विराटनगरमा आएका बेला खबर पूर्वाञ्चलको लागि अनिल श्रेष्ठले गरेको कुराकानी उनकै शब्दमाः
गाउँमा जन्मिएको हुँ । तीन चार कक्ष पढ्दादेखि स्कूलमा गीत गाउन मन लाग्नेगथ्र्यो । सुरुवातको दिनमा बढी लोक गीत गाएँ । त्यसबेला ठूलो रेडियो गाउँमा तीन÷चार वटा मात्र हुन्थ्यो । रेडियो नेपालमा विभिन्न गीतहरु बज्थे । नारायणगोपालको गीत आउथ्यो । त्यस्तै स्वर बनाएर गीत गाउथेँ ।
चार कक्षा पढदा एउटा गीत गाएँ । त्यसबेला गीत गाउँदा प्रथम भएँ । एसएलसी गाउँबाटै गरँे । सालैजु गीत गाएँ । गायनमा क्षेत्रीय प्रतियोगितामा प्रथम भएँ । रेयूकाइले आयोजना गरेको क्षेत्रीय प्रतियोगितामा पोखराबाट प्रथम भए । यसरी जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय प्रतियोगितासम्म पुगे ।
भोकल मात्रले संगीत क्षेत्रमा नुहँुदो रहेछ । त्यही भएर ५५ सालमा ललित कलाकेन्द्रमा अडिसन दिएर संगीतको कक्षा लिए । पहिलो अडिसनमा नाम निकाल्न सकिन । दोस्रो प्रयासमा मात्र अडिसनमा नाम निस्कियो । त्यसपछि कक्षा लिए ।
माधव पराजुलीले चलचित्रमा संगीत गर्नुप¥र्यो भने पछि ‘दोषी’ चलत्रिको लागि संगीत दिए । २० भन्दा बढि भिडियो चलचित्रमा संगीत दिए । जति पनि भिडियो चलचित्रमा संगीत दिए, यसले चर्चा कमाएन । ठूलो पर्दाको चलचित्रमा ‘तहलका’ मा संगीत दिए । त्यो पनि त्यस्तै रह्यो । निर्देशक बिकास आचार्यले ठूलो पर्दाको ‘नसिब आफ्नो’ चलचित्र बनाउने योजना बनाउनुभयो । मैले गीत सुनाए । एकैपटक गीत निर्देशकको रोजाइमा प¥यो । तर, त्यही गीत निर्माताले मन पराउनुभएन ।
त्यही गीतलाई ‘सिलसिला’ चलचित्रमा सागर सरी चोखो मायमा समावेश गराइयो । निर्देशकले यो गीतको भाव बुझनुभयो । गीत मनपराउनुभयो । ०६५ सालमा रेकर्डिङ भयो । ०६६ सालमा रिलिज हुँदा स्रोता तथा दर्शकको मनमनमा बस्न सफल भयो । यसै गीतले कलाकारिता क्षेत्रमा स्थापित गरायो । यस गीतले ६६ सालमा एउटा राष्ट्रिय एवार्डसहित २० वटा जति एवार्ड दिलायो । त्यसपछिको दिनहरुदेखि कलाकारिता क्षेत्रमा मेरो भाग्यको ढोका खुल्यो । त्यसपछि ‘नैना रेशम’ चलचित्रमा ढल्कियो ढल्कियो…, यो गीत पनि हिट भयो ।
जुन गीतमा संगीत भरे, त्यो गीतहरु यसरी नै सफल भयो । चलिचत्रमा मात्र सयभन्दा बढि गीतमा संगीत दिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर