१६ पुस, विराटनगर/ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले विराटनगरमा आज कार्यक्रम आयोजना गरेको छ ।
सो अबसरमा सहभागीहरुले संविधान कार्यान्वयन गर्न दलहरु विच वढेको असमझदारी हटाउन विपिको मेलमिलापको नितिलाई दलहरुले आत्मसाथ गनुर््ुपर्नेमा जोड दिएका छन ।
नेपाली कांग्रेस मोरङका सभापती एंव सांसद डिकवहादुर लिम्वुुले अहिले भाषा, क्षेत्र तथा जातियताका कारण विभाजन ल्याउने काम भएकाले सवै जाति समुुदायलाई एक शुुत्रमा वाध्न पनी मेलमिलापको निति आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका वरिष्ठ नेता दिलिप सापकोटा, नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे , नेपाली कांग्रेस नगर सभापती भिम पराजुुली , नेपाली कांग्रेका मोरङका उप–सभापती शिवनारायण सिंह लगायतका नेताहरुले मुुलुुकमा जारी गतिरोध अन्त्य गर्न सवै दल मिलेर अघि वढनुुपर्नेमा जोड दिएका थिए ।