पुष्पराज थपलिया
१५ पुस, विराटनगर/ पूर्वाञ्चलमा आयोजित सातौ राष्ट्रिय खेलकुदमा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले सर्वाधिक बढि स्वर्णपदक हात पारेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ९ सय २० पदकका लागि भएको खेलमा नेपाली सेना आर्मीे १ सय १३ स्वर्ण सहित २ सय २५ पदक प्राप्त गरेको छ । राष्ट्रिय खेलकुदको सातौ संस्करणमा बढि पदक प्राप्त गर्दै आर्मी प्रथम भएको छ भने ।दोस्रो स्थानमा अर्काे विभागिय टोली ससत्र प्रहरी बलको एपिएफ क्लव छ । एपिएफले ५० स्वर्ण सहित १ सय ५६ पदक प्राप्त गरेको छ । त्यसैगरी नेपाल पुलिस क्लबले ४० स्वर्ण सहित १सय १९ पदकका साथ तेस्रो स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया