१५पुस,उर्लाबारी/संयुक्त राष्ट्र संघिय शरणार्थी आयोग (यूएनएचसिआर)दमकले मंगलबारे अस्पताललाई स्वस्थ्य उपकरण सहयोग गरेको छ ।
‘होस्ट कम्यूनिटि सपोर्ट प्रोगाम’ अन्तर्गत यूएनएचसिआरले आम्दा नेपाल दमक मार्फत अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको मंगलबारेका अस्पतालका प्रमुख डा.राज झाले जानकारी दिए ।
यूएनएचसिआरले अस्पतलालाई सामसुङ कम्पनीको सोनो एस ७ आर मोडलको एक थान भिडियो–एक्सरे मेसिन,३० केभीको एक थान जेनेरेटर,ल्याबका लागि एक थान सोडियम/पोटासियम एनेलाइजर आम्दान नेपाल दमकका परियोजना प्रमुख सुमन नेपालले हस्तान्तरण गरे ।
उक्त संस्थाले अस्पतललाई चाडै नै ३ एमएको डिजिटल एक्सरे मेसिन समेत हस्तान्तरण गर्न लागेको मंगलबारेका अस्पतालकाका सिनियर अहेब योगेन्द्र कट्टेलले जानकारी दिए । यूनएचसिआरले ७० लाख मूल्य बराबरको अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरेको कट्टेलले बताए ।
यस अघि पनि उक्त संस्थाले आम्दा नेपाल मार्फत अस्पताललाई बेड तथा स्वास्थ्य उपकरणहरु सहयोग गरेको थियो । यसैबीच,अस्पतालमा अत्याधुनिक उपकरणहरु आएसँगै स्तरीय र अत्याधुनिक स्वास्थ्य सेवा प्राइभेट अस्पतालहरुभन्दा सस्तो र सुलभ मूल्यमा दिन थालेको कट्टेलले दावी गरे ।
गत साउन १ गते नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेलाई १५ शैय्याको बनाएर मंगलबारे अस्पतालमा स्तरोन्नती गरेको थियो । १५ शैय्या अस्पतालले दिने सेवाहरु बाहेक यो अस्पतालमा इलाम,मोरङ र झापाका विभिन्न ठाँउहरुबाट आएका शवहरुको पोष्टमार्टम सेवा हुदै आएको छ ।
अस्पतालका प्रमुख डा.झाका अनुसार वर्षेनी चार सयभन्दा बढि शवको पोष्टमार्टम अस्पतालमा हुदै आएको छ । मंगलबारेमा अस्पतालमा टिवि रोगको डाइग्नोसिसका लागि अत्याधुनिक जिन एक्सपर्ट मेसिनको प्रयोगबाट रोग परिक्षण समेत हुदै आएको अस्पतालका ल्याब टेक्नििसयन नविन खड्काले जानकारी दिए ।
नेपालमा जिन एक्सपर्ट मेसिनबाट १० वटा अस्पतालहरुमा मात्र जिन एक्सपर्ट मसिनको प्रयोगबाट टिवि रोगको परिक्षण हुदै आएको छ । तीन जना मेडिकल अफिसरको दरबन्दी रहेको मंगलबारे अस्पतालले तीन नगरपालिका सहित ८ वटा गाविसहरुमा स्वास्थ्य सेवा दिदै आइरहको अस्पतालका प्रमुख डा. झाले बताए ।
अस्पतालले दैनिकक रुपमा सय देखि डेढ सयलाई ओपडी सेवा समेत दिदै आएको उनले बताए । भवन निर्माण शुरुः मंगलबारे अस्पतालको भवन निर्माण कार्यले गति लिन थालेको छ । दुई विगाहा क्षेत्रफलमा पैmलिएको उक्त अस्पतालमा सुविधासम्पन्न तथा अपाङमैत्री भवन निर्माणले गति लिन थालेको अस्पताल व्यवस्थापन समितीका सदस्य कमलनारयण मल्लिकले बताए । ७ करोड ५० लाखको लागतमा उक्त भवन तीन वर्षमा सम्पन्न हुनेछ ।
कनकाई बिल्र्डस प्रालिले भवनको निर्माणको ठेक्का पाएको छ । ७ कठ्ठा जमिनमा निर्माणधिन हुदै गरेको सो भवनमा दुईवटा ब्लक हुनेछन् । तीन तले हुने उक्त भवन अपाङमैत्री हुनका साथै पार्किङको सुविधा समेत हुने ठेकेदार कम्पनीले जनाएको छ । हाल भवन निर्माणको पहिलो चरणको काम भइरहेको छ । हाल अस्पतालले आप्mनो पुरानै भवनमा सेवा दिदै आइरहेको छ ।