पूर्वाञ्चल खबर
कार्यालयले कृषकलाई उचित मु्ुल्य दिएर ५ हजार क्विन्टल धान खरिद गर्न लागेको हो । मोरङका प्रमुुख जिल्ला अधिकारीको अध्यक्षतमा जिल्ला प्रसासन कार्यालयमा वसेको वैठकले सो निर्णय गरेको हो । कार्यालयले मोरङ र सुुनसरीका किसानहरुको धान खरिद गर्ने जनाएको छ ।
कार्यालयले सोना मनसुुली धान २ हजार १० रुपैया प्रति क्विन्टल मुुल्य तोकेको कार्यालय प्रमुुख सुुरेसप्रसाद ढकालले वताए । कार्यालयले अहिले सोना मनसुली धानमात्र खरिदगर्ने जनाएको छ । सोना मनसुुली धान प्रतिमन ८ सय ४ रुपैया तोकिएको छ ।
मोरङ व्यापारसंघ , कृषक तथा अन्य धान खरिद विक्रि केन्द्रहरुसँग समन्वय गरी धानको मुुल्य तोकेको कार्यालयले जनाएको छ । कृषकले विराटनगर स्थित कार्यालयमा धान ल्याउनुुपर्ने र त्यसको ढुुवानी आफै गर्नुपर्ने पनि उहाले जानकारी दिनुभयो । कृषकहरुले यो वर्ष धानको उचित मुुल्य नपाउदा उत्पादन लागत समेत उठेको छैन ।