AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुदः तेक्वान्दोको १६ मध्ये ११ स्वर्णपदक आर्मीको पोल्टामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०७३, बुधबार १७:२२
3
Shares
१३ पुस, विराटनगर / सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्य खेलमाजस्तै तेक्वान्दोमा पनि त्रिभुवन आर्मी क्लबका खेलाडीले वर्चश्व जमाएका छन् ।
तेक्वान्दोका कुल १६ मध्ये ११ स्वर्ण पदक आर्मीका खेलाडीले जितेका छन् । दोस्रो स्थानमा आएको नेपाल पुलिस क्लबले ४ स्वर्णपदक जित्दा सशस्त्र प्रहरीको एपीएफ टिमले एउटामात्रै स्वर्ण पदकमा चित्त बुझाउनुप¥यो । बुधबार भएका तेक्वान्दोका ५ फाइनल भिडन्तमध्ये आर्मीले तीन स्वर्णपदक हात पार्दा पुलिस क्लबले दुईओटा स्वर्ण पदक जितेको छ ।
तेक्वान्दोको पुरुष ८० केजी तौल समूहमा त्रिभुवन आर्मीका रामदत्त भट्टले स्वर्णपदक जितेका छन् । यो स्पर्धामा मध्यमाअञ्चलका विवेक श्रेष्ठले रजतपदक जिते । पुरुष ६८ केजी तौल समूहमा नेपाल पुलिसका जेम्स प्रधानलाई हराउँदै आर्मीका मोहम्बद बैयसले स्वर्ण जिते । पुरुष ७४ केजी तौल समूहमा आर्मीका ज्ञानेन्द्र हामाललाई पाखा लगाउँदै नेपाल पुलिसका निश्चलमान श्रेष्ठले स्वर्ण जिते । यसैगरी, पुरुष ६३ केजी तौल समूहमा पश्चिमाञ्चलका किरणबहादुर आलेलाई हराउँदै पुलिसकै वीरबहादुर महराले स्वर्ण हात पारे । यसैगरी, महिलातर्फको ७३ केजी तौल समूहमा पूर्वाञ्चलकी मौसम कार्कीलाई हराउँदै नेपाली सेनाकी मिरा काफ्लेले स्वर्ण जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर