सातौ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा आर्मी र पुलिस विजयी
पूर्वाञ्चल खबर
११ पुष २०७३, सोमबार १६:४४
3
Shares
पुष्पराज थपलिया
११ पुस, विराटनगर वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेटको आज भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन ।
विराटनगरको बैजनाथपुरको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले मध्यपश्मिाञ्चललाई ३० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गमाई १ सय ५७ रनको योगफल तयार पारेको थियो । जस्मा विनोद भण्डारीले २३ बलमा ८ छक्का र ३ चौकाको प्रहार गरी ६७ रन र अनिल मण्डलले ४९ बलमा ४ चौका प्रहार गरी ४१ रनको योगदान गरेका थिए ।
मध्यपश्मिाञ्चलका सिद्धान्त सहनी र ललित प्याकुरेलले २–२ विकेट लिएका थिए । सहनीले ४ ओभरमा १ मेडन राखदै ९ रन दिएका थिए भने प्याकुरेलले त्यतीनै ओभरमा १६ रन दिएका थिए ।
जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको मध्यपश्मिाञ्चलले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय २७ रनमात्र जोड्न सक्यो । जस्मा उज्वल शाहिले २९ रन र राजविर सिंहले १९ रनको योगदान दिएका थिए । एपिएफका विक्रम सोवले ४ ओभरमा २८ रन दिएर ३ विकेट र सागर पुनले ३ ओभरमा २७ रन दिएर २ विकेट लिएका थिए ।
दोस्रो खेलमा नेपाल पुलिसले पूर्वाञ्चललाई ५० रनकोे अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गमाई १ सय ४४ रन बनाएको छ । जस्मा आरीफ शेखले ३० बलमा १ छक्का र ४ चौका प्रहार ४० रन र सुनिल धमलाले १८ बलमा ३ चौका प्रहार गर्दै २२ बनाए । पूर्वाञ्चलका फिरदोस अन्सारीले ४ ओभरमा १७ रन दिएर ४ विकेट र मुकुन्द यादवले ३ ओभरमा १२ रन दिएर २ विकेट लिएका थिए ।
जवाफमा १ सय ४५ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले निर्धारित ओभरमा सवै विकेट गमाई ९४ रनमात्र जोड्न सक्यो । जस्मा सन्दिप ढुंगानाले २९ रन मुकुन्द यादबले २८ रन बनाएका थिए ।
पुलिसका रामनरेश गिरीले ३ ओभरमा १ मेडन राखदै ८ रन दिएर ३ विकेट तथाललितसिंह भण्डारीले २ ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए ।