RUMPUM
animated ellipse animated ellipse

सुक्खा पहिरो खसेपछि उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०८०, शनिबार १८:३६
324
Shares
विराटनगर / संखुवासभाको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिरोले अवरुद्ध भएको छ ।

मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु–३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर सविन कोइरालाले जानकारी दिए । आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर एक जना घाइते भएका छन् ।

घाइते हुने रामेछाप जिल्लाका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । घाइते केसीको थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए । सुक्खा पहिरोमा परेर वरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटर समेत पुरिएको छ । अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इञ्जिनीयर कोइरालाले बताए । सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेरो गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन् । सो क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । उक्त क्षेत्रमा वरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर